Posted by: magorkhe1 July 22, 2016
यमराज सँग भेट हुने निधो भए पछी
Login in to Rate this Post:     3       ?         Liked by
मेरो काम १० बजे मात्र सुरु हुन्छ तेसैले ९:३० मा निक्लन्छु | श्रीमतीजी सात देखी सात तिस बिच निक्ली सक्छीन | ८:३० तिर लन्च पोको पारेर काम जान तयार भएर बसेको थिए | फेरी दिर्घ सन्काका लागि रेस्टरूम जानु पर्ने भयो | दिर्घ सन्का गरेर फ्लस गर्न खोजेको थिए आँखा कमोट भित्र पुग्छ अनी मेरो मन झस्क्क हुन्छ | कमोटको पानी सबै रातो छ |
सबै भन्दा पहिलो सोच लगातार दुई दिन देखी स्वर्गबासी छिमेकी काकिलाई देखी रहेको कुरा आउछ | शायद यही नराम्रो हुनु जनाउन देखेको हुला ? प्राय मैले स्वर्गबासी लाई देखे पछी साना तिना नराम्रा कुरा हरु भै रहेका हुन्छन | अनी बाउलाई सम्झिए | उनी पहाड बेच बिखन भए गरौला भनी पहाड गएका बेला रगत आची गरे पछी काठमाण्डौ पुर्याएको थियो | त्यहा आन्द्रा काटेर फ्यालिए को सात महिना मात्र बचेँका थिए | अनी मैले पनि तेही ६-७ महिना मात्र बाचिन्छ होला लाग्न थालयो |काममा फोन गरेर बिरामी भएको जानकारी दिए | राहुलभाइ को आन्द्राको सेल्फी सम्झन पुगे साथमा वहाँले लेख्नु भएको कुनै महिलाको कथा पनि सम्झना पुगे | यि सम्झना सङै बाउको आन्द्रा काटे झै मेरो पनि काटिन्छ तेस पछी नेपाल जाने अनी दसैं तिहार पनि नजिकै छ त्यही मनाउने कुरा आउछ | ९०-९५ पुगेका काकाहरु सँग अन्तिम टिका थप्ने अनी जेठि दिदी सँग पनि अन्तिम भाईटिका थाप्ने योजना बने |
आन्द्राको फोटो खिचेको छ् बर्ष मात्र भएको छ | चिया ३-४ पल्ट् पिउथे २-३ बर्ष भयो जिउले नसहने भए पछी पिउन छोडेको थिए अनी दैनिक १५० मिलिग्राम को Zentac खाइ राखिएको छ | गत हप्ता वाल्मार्टमा औषधी किन्दा सोधेको थिए दैनिक खाइ राख्दा एस्को नाकारात्मक असार हरु केही छन कि भनी ? छैनन भन्ने उत्तर पाएको थिए |
दिमागले एक पछी अर्का कुरा हरु प्रोसेस् गर्न थालयो आँफै प्रश्न अनी आँफै उत्तर दिन थालियो | पोजेटिभ भन्दा नेगेटिभ सोचका बाढि उर्लिए | श्रीमती लाई खबर गरेको छुईन , उनी कार्यालय भित्र मात्र छिरेकी होलिन आत्तिएर घर आउलिन बरु साझ मा खान पिन पछी सबिस्तार कुरा गरी योजना बनाउला भनी खबर गरिन | डाक्टरकहा एसो भयो भनी फोन गरेको तुरुन्त ईमर्जेन्सी जाने सल्लाह दिए | बच्चालाई एस्तो भयो भन्दा मैले बनाएको टिवाना चिया धेरै पीइस तेसैले होला भन्ने जबाफ पाए | हिसाब गर्दा ४ पल्ट् पिएको रहेछु , यो चिया पिउदा पेट दुख्दैन तर हाम्रो तरिकाको चियाले अझै पनि पेट दुख्छ | चियाको सट्टा कफी पिउछु | कफीमा क्रिम हालेको मन पर्ने भएर ल्याएको क्रिमरमा corn Syrup हालेको रहेछ हिजै मात्र फ्यालिएको थियो |
कुनै बेला बिट सलादमा हालेर खाएको बेला एस्तै भएको थियो अनी के के खाइेको थियो हिजो सुत्नु अघी देखी अस्ती बिहान सम्मको गणना गर्दै गए | रुलअाउट् गर्दै गए |
बेलुका चिकेन चिल्ली र नान खाइेको थियो , दिउसो मनग्य वाटरमेलन खाएको थिए ( पहिले पनि खाइथ्यो , तेस्को असर होइन मा पुगे ) सलाद खाइेको थियो त्यो पनि सधाझै को खान पिन हो | लन्चमा TJ को चिकेन टिक्का मसला खाइेको थियो | बिहानको ब्रेक्फास्ट सदा झै Oatmeal नै खाईेको हो | त्यो भन्दा अघिल्लो दिन रायो साग, कालो दाल, अलिकती खिर र आधा नान खाइेको हो | कुनै नौलो कुरा खाएको छैन , रातो लट्टे को साग खाईेको होइन नत् बिट | तेसो भए अबस्य नै रगत नै आची गरिको निर्क्यौलमा पुगियो अनी बाउसँग चाडै भेट हुने भयो भन्ने मा पारीयो |
मर्ता क्या नही कर्ता भने झै घर बसी हालियो अब तातो पानीमा अमिलो र नुन हालेर पिएर पेट सफा गर्छु तेस पछी पनि रगत देखियो भने इमर्जेन्सी जान्छु भनी सोच राखे | बाउ खसेको समाचार मेरा मित्र हरिकुजेलले दिउसै थाहा पाएका थिए मलाई चै खानपिन गरे पछी राती सुनाएका थिए म पनि बेलुकाको खान पिन पंछी नै सुनाउला र एमेर्जेन्सी जाउला भनी सोच राखे |
नेपालजाने र उतै दसैं तिहार मनाउने बिचार झनै गाढा हुँदै गयो भने अर्को प्रश्न खनिन्छ अन्तिम दसैं तिहारमा आफ्ना बाल बच्चा र श्रीमतीलाई चै के गर्छस् ? यो द्वन्दमा मेरो मन घर गएर दसैं तिहार मनाउने र भेट घाट गर्ने बिचार नै पहिलो प्राथमिकता पाउछ | एक पछी अर्को कुरा आउछन | बाउसँग भेट भएर कान्छु किन त्यस्तो गल्ती गरिस तैले म जस्तै भनी सोधे भने के जबाफ दिने कुरामा म अड्किए | के उत्तर दिने ?जबाफको खोजिमा १०-१५ मिनेट बित्छन कुनै उत्तर नै छैन| जुरुक्क उठेर आफ्नो योजना मुताबिक नुन र अमिलो पानी पिउन पानी बसाल्न भान्छा तिर लाग्छु लगभग २ घण्टा बिती सकेको छ | म केट्लिमा पानी भर्दै थिए मेरा आँखा टोलाउदै एता उता डुल्छन र नजिकै कुनामा कुन्जिएको चिप्समा पुग्छ| मेरो पानी भराइ रोकिन्छ | मेरो काल अाइपुगेको रहेनछ म मर्दिन भने | त्यो त त बिटको चिप्स खाएर पो रहेछ | मरु या बाछु तर दसैं तिहार नेपाल गएर मनाउने कुरा भने अझै द्रिढ छ | साझ श्रीमतीजी आए पछी सल्लाह गर्छु तर दिन कसरी बिताउने भन्दा आफिले लेखेको उखान सम्झिए " काम छैन बुहारी साझा छिर "


Last edited: 28-Jul-16 01:19 PM
Read Full Discussion Thread for this article