Posted by: Bichitra_Kumar July 22, 2016
राष्ट्रपति संग फोटो खिचाउने अवसर र घरमा झुण्ड्याउने
Login in to Rate this Post:     0       ?        
मलाई पनि आफु ले एस एल सी पास गर्दा को कुरा याद आयो

सरकारी इस्कुल मा पढेर १९ बर्ष मा एस एल सी पास गरियो , घरमा काम गर्नी मान्छे भएन ब्या गर छोरा भनेर कच कच गरि रहनु हुन्थ्यो आमा. एस सी पास नगरी ज्यान गए ब्या गर्दिन भनेर जिद्दी गरेर बसी र थे.

एस एल सी पानि पास भैयो एकै ताल मा , थर्ड डिविजन आएर तेती चित्त बुझ्या थिएन तर छिमेकी राम भक्ते ले मोरा यो टोल मा एकै पटक एस एल सी पास गर्ने तै एउटा होस् भने पछि बल्ल नाक फुलेर घिरौला जत्रो भो

वोहो तेसो भए त ठुलै काम गरिछु जस्तो एस एल सी को सर्तिफिकेट को ठुलो बनाएर रंगिन फोटो कापी गरे सहरां गएर, एउटा फ्रेम हालेर पनि ल्याए .

कोठा को भित्ता मा टासियो त्यो फोटो , कसले गाउ मा कुरा पुरायेछ कुन्नि मेरो त्यो सर्तिफिकेट, हेर्न पुरा गाउँ नै मेरो कोठा मा
राम भक्ते ले फेरी मेरो आमा लाई उचाल्यो, आमै अब तिम्रो छोरा लाई जस्तै मै हुँ भन्ने ले पनि छोरी दिन्छ

बिचारी सोजी आमा , साचै हो जस्तो लागछ क्यारे मलाई भनिन

जा जा बाबु यो तस्बिर (एस एल सी को सर्तिफिकेट) राखेर तेरो एउटा फुटु खिचेर ल्यैज, लमि लाई दिएर पठाउन पर्यो भनिन

म पनि आमा को चित्त के दुखाउनु भनेर फेरी सहरां गएर त्यो फ्रेम सहित को थर्ड डिविजन आको फोटो टेबल मा राखेर त्यो संगै मुसुक्क हासेर आफ्नो रंगिन फोटो खिचाए , १६ प्रति जति बनाए .र आमा लाई दिए

आमा ले त्यो फोटो गाउँ का भए भर का लमी लाई दीईन, तर दुइ बर्ष भो कुनै केटि को कुरा आएन, येस्पाली हजुर बाउ को सराध्हे खान मामा घर गाथे,  मामा ले कुरा फुकाइ हाले

हेर भान्जा अब त्यो एस एल सी पास भएको सर्तिफिकेट सहित लमी लाई फोटो पाठा रेछौ गाउँ मा
अब तेत्रो धेरै पढेको केटा संग हाम्रो छोरी ले के घर गर्ली भनेर कति ले छोरी दिनै मानेन रे, कसै ले चाहि तेर्त्रो धेरै पढेको केटा लाई छोरी दिदा दाइजो पनि धेरै नै दिन पर्छ का सकिन्छ भनेर छोरी दिनै मानेन रे


घर मा आएर आमा लाई सम्झा को छु,  लमि हरु लाई एस एल सी फेल भएका केटि का कुरा न लैजानु छोरा को योगेय्ता देखेर तर्सिन्छन , गारिब का एस एल सी पास भएका भए पनि कुरा न लैजानु धेरै पढेको केटा लाई दाइजो धेरै दिन पर्ला भनेर कुरा चलाउन मान्दैनन.  धनी र एस एल सी पास भएका कहाँ मात्र कुरा लैजानु भनेर सम्झाउनुस भन्द्या छु

अब हेरुम अर्को बर्ष सम्म कुरा मिल्ला कि
धेरै पढेको छु भनेर देखौन फोटो खिच्नु पनि झन्झट नै रेछ





Last edited: 22-Jul-16 07:15 PM
Read Full Discussion Thread for this article