Posted by: nozzs July 13, 2016
नेपाल को बिकास कैले हुने ?
Login in to Rate this Post:     0       ?        
राम्रोलाई राम्रो अनि नराम्रोलाई नराम्रो भन्न सक्न् पर्छ। अफ्नु कुनै पनि यी मु. राजनितिक दलहरु प्रती भेंडे पाराको अन्धो आस्था पटक्कै छैन र रत्ती बिस्वास पनि। तर पनि ओलीको बोली हावा लागेता पनि अलिकति भयेनी आसा पलाको चही पक्कै थियो, येत्तिको थोरै पनि आसा र खुशी कुनै नेताले आजसम्म देको चही छैन। राजनीति प्रती कुनै चासो नलिनी, घृणा गर्नि र नेतालाइ मुख्मा नसकेनी मनमा थुक्नी युवा हुन अथवा जुनै बर्गले नि यी ओलिलाइ रुचायेका पक्कै हुन्। देश अति विषम परिस्थितिबाट गुज्रदा पनि यो सरकारले दटेर सामन गरेकै हो र जनताले नि जस्तोसुकै परिस्थितिमा नि साथ दियेको थियो। यिन्ले ठुल्ठुला आसा देखाए तर त्यो अनुरुप काम र प्रक्रिया नि अघि बढेको थियो, सम्भवत तेस्मा अब लुट्न आउनी भुसिया कुकुरहरूले ब्रेक लौनी छन् दुख्को कुरो।
जे भये नि जनताले आसा गरेको थियो र युवाहरू पनि देश प्रती सकारात्मक भएका थिये। येति चाहिँ पक्का हो कि ओलिले जत्तिको ,अब जुन माइको लाल आयेनी, ख्याति र जनताको साथ अवस्य पाउन सक्दैन।
येत्तिको दुख र निरासा आज सम्म कुनै सरकार धल्दा वा बन्दा लागेको थियेन। जनता अनि युवामा निरासा छाउनु देशको लागि अत्ति नै दुख्को कुरो हो। यो कुरो यी सत्ता लिप्सामा परेका अवसरवादी गुलाम मानसिकताका नेता भनाउदा हरुले कैले बुझ्छन् खोइ?
जय नेपाल! हे पसुपतिनाथ अब मेरो देश तिम्रै हातमा छ। बचाइ देउ प्रभु! बचाइ देउ!!
Read Full Discussion Thread for this article