Posted by: instagram July 13, 2016
नेपाल को बिकास कैले हुने ?
Login in to Rate this Post:     2       ?         Liked by
पहिले फिटिक्कै मन नपरे पनि के पि ओली का काम गराई कुरा गराई सबै ले #iamwithkpoli भन्न बाध्य तुल्यायो । बुडा का कुरा हावा हावा लागे पनि ए साच्चै हुन्छ की झै लाग्यो । अब नेपाल ले साच्चै केइ गर्छ की भन्ने आस नी देखियो ।
तेत्रो नाका बंधी मा भारत संग नझुकि लडेर देखाई दिए । चाइना संग तेल सम्झौता भयो । तर आखिर मा प्रचण्ड नामको भुस्याहा कुकुर ले अर्को तीर राम्रो हड्डी को आस पायो अनि उतै दौडियो । प्रचण्ड लाइ कुकुर संग तुलना गर्नु कुकुर को बेज्जत हो की झै लाग्छ । कमसेकम कुकुर ले मालिक को त बफादारी गर्छ । कांग्रेस को त के कुरा गर्ने छाप लागेको दलाल पार्टी सत्ता बाहेक कांग्रेश ले कैले केइ देखेन सोचेन । अब चै सच्चिकै आस नै मर्यो देस को हालत बाट । गर्छु भनेर आउने लाइ केइ गर्न दिदैनन ; सत्ता को खेल भत्ता को खेल झाल झेल अनि भुत्रो बन्छ नेपाल ।।।
देस समृध्द बने झिकी कुंटो बोकेर नेपाल फर्किम्ला भनेको त्यों नी सपनै हुने भो । सती ले सरापेको देस भन्थे साच्चै हो रैछ।
गयो नेपाल । 🙁
Read Full Discussion Thread for this article