Posted by: nozzs June 20, 2016
Amby writes :- SLC and Nostalgia
Login in to Rate this Post:     0       ?        
अब यहाँ SLC को कुरो चल्दै गर्दा अनि सबै महान विद्वान् तथा उच्च शिक्षाको लागि बिदेशीयेका लहुरेहरुको गन्थन चल्दै गर्दा, SLC को अब्मुल्यन तथा घोर अपमान हुन थल्यो जस्तो छ। लु यहाँ पढ्नुस real Nepal कहाँ छ र त्यहा यो Slc को कत्तिको महत्त्व छ।

मुगुको पिना गाविसको मुन्दु गाउँमा अहिलेसम्म एक जनाले पनि एसएलसी उत्तीर्ण गर्न सकेका छैनन् ।

करिब ५३ घरधुरी रहेको गाउँ एसएलसीविहीन छ । गाउँमा प्राथमिक विद्यालय छ । कक्षा ५ देखि माथि पढ्न चार घण्टा हिँडेर टोप्ला नामक गाउँ पुग्नुपर्छ । टाढा भएकाले प्राथमिक तहमै पढाइ छाड्ने गरेका छन् ।

यस गाउँबाट अहिलेसम्म १२ जनाले एसएलसी दिएका छन् । उत्तीर्ण भने कसैले गर्न सकेका छैनन् । गाउँमा लेखापढी गर्नु परे छिमेकी गाउँ कोटीलाबाट मान्छे खोजेर ल्याउनुपर्छ ।

‘लाजमर्दो अवस्था छ, यत्रो गाउँमा अहिलेसम्म एक जनाले पनि एसएलसी पास गरेका छैनन्,’ ६० वर्षीय सिहरूप बोहराले भने, ‘चिठीपत्र, तमसुक हेर्ने र लेख्न मान्छे छैनन् ।’

युवा जति पढाइ छाडेर खेतीपाती र भेडापालनमा लागेका छन् । गाविसका समाजसेवी हरिचन्द शाहीले भने, ‘पढाइलेखाइ छैन, स्वास्थ्यको स्थिति राम्रो छैन । राज्यको सेवा सुविधा पनि पुगेको छैन ।’

:p

http://bit.ly/28KnxDu
Read Full Discussion Thread for this article