Posted by: fucheketo May 3, 2016
माया पाएकी केटी
Login in to Rate this Post:     0       ?        
Thaney, Yacc and Other readers(who are still following this thread!!) thank you very much....

मेरो अन्तर्द्वन्द -२

मान्छे धेरै जसो आफैमा वाँडिएको हुन्छ । त्यसैले एकान्तमा पनि त उ आफै सित युद्द गर्छ। युद्द सिद्दिएपछि थकित हुन्छ अनि पत्तो पाउँदैन। कसले जित्यो , अनि उसले आखिर कसलाई हरायो। जित हारको विचमा उन्माद थियो वा पश्चताप। यो मेरो मात्र हैन मान्छेकै कमजोरी हो । मान्छेलाइ हराउन अरु मान्छे चाहिँदैन ,उ आफु नै काफि छ । किन की अरुले घृणा गर्न उसलाइ वुझ्नु पर्छ। आफुलाइ घृणा गर्दा समिकरण अलि सरल बन्छ। आफुलाइ वुझ्ने झण्झट रहँदैन , समिकरणको त्यो अंश आफैले समाधान गरिसकेको हुन्छ मान्छेले।

मेरा औँलाहरु, मेरो कलम को युद्द धेरै समयसम्म चलिरह्यो। त्यो दिन पश्चात मेरो चुरोट अनायसै वढेर गयो।मेरो दाह्री पनि । हुन त म पहिले पनि दाह्री पाल्ने नै मान्छे हुँ । तर यसपाली मेरो दाह्री अचम्मको अह्हरो छ । झुक्न मान्दैन, अनि काटिएको छैन। मान्छेहरु भन्छन् घोडाको जग्गर जस्तो । तर म घोडाको पनि किन वेइज्जत गरौँ ? म मेरो दाह्रीको तुलना मेरै दाह्री सँग गर्छु ,मेरो दाह्री मेरै पुरानो काटिएको दाह्री जत्तिको राम्रो छैन। म फगत पालिरहेछु । पालेको पनि के भनौँ , म मात्र काट्न मन गरिरहेको छैन।

सुधा फर्केकी छैन। तर मलाइ ओगटेर भने राखेकी छे उसले ।खै म यो किन भन्दैछु, अनि किन लेख्दैछु। किनकी उसको डायरीमा त मेरो अन्तर्द्दन्दको पक्कै स्थान छैन। शायद उसलाइ लेख्ने मेरो मृगतृष्णा हो। म जति उसलाइ सोच्छु उ उति टाढा जान्छे।

मैले करिव एक घण्टा घोरिएर त्यो शिर्षकलाइ हेरेको छु। "माया पाएकी केटी" यी तिन शव्दमा सुधालाइ खोज्ने प्रयास गरेकी छु। तर मलाइ थाहा छ , अनि अरु धेरैलाइ थाहा हुनु पर्छ। सुधा खोज्दा मात्र सुधाका केहि अंशहरु भेट्टिन्छन्। उ त यति वृहत छे कि जुनै किताव बाट छचल्किने छे भरिएर।उसलाइ आकार दिन खोज्नु त मुर्खता हो, धृष्टता हो। तर मलाइ त्यो मुर्खता गर्न मन छ । मन भएर पनि म शिर्षक भन्दा तल झर्न सक्दिन। पर्सी सुधा फर्किँदै छे। उसको एउटा टेक्स्ट आएको छ। आउने वित्तिकै सोध्नेछे।

"लेखकवर केहि लेख्नु भयो ?"

म सँग विभिन्न थरीका उत्तर हरु छन्। मैले केहि लेखिन भनेर उसलाई ढाँट्न सक्छु। वा केहि लेख्ने प्रयास गर्दैछु भनेर वताउन सक्छु। वा लेखेको चित्त नबुझेर च्यातेर फ्याँकिदिएँ पनि भन्न सक्छु।

"के लेख्ने प्रयास गर्दै हुनुहुन्छ त ?" सुधाको यो प्रश्न आयो र मैले उसको नाम लिनु पर्यो भने चाहिँ उसको उत्सुकता वढ्नेछ। अनि म सँग मात्र शिर्षक हुँदा भने उ पक्कै खिन्न हुनेछे। उसको एउटा रहर हो म बाट लेखिने । मेरो कलममा त्यो ताकत छ छैन त्यो भने अर्कै कुरा!

म भित्तामा टाँगेको घडीलाइ हेर्छु। सामान्यतय म त्यसलाइ धेरै नहेर्ने हुनाले म सँग रिसाएर फन्किएर अल चाँडो चाँडो हिडेर म बाट टाढा हुन खोज्दैछ कि जस्तो पनि लाग्छ। तर घडीको पनि त आफ्नै सिमा छ। काँटाहरु जति टाढिन खोजे पनि खुला चौरमा निक्लिन सक्दैनन् । त्यहि घडी भित्र दगुर्नु पर्छ। उनीहरु दिशाभ्रममा परे जस्तो कुनै दुरी पार नगरी घुमिरहन्छन्। घडी वाट आँखा हटाउँछु। घडी म सँग रिसाएको छ।

कलम तिर आग्रही आँखाले हेर्छु। उ पोखिन चाहन्छ,बग्न चाहन्छ तर उसको साधक म हुँ। म विना कलमको अस्तित्व छैन। म कलमको वैशाखी हुँ, म कलमको सारथी हुँ । तर सारथी नै वाटो झुक्कियो भने कति सकस होला कलमलाई । कलमबाट पनि आँखा हटाउँछु। बाहिर टण्टलापुर घाम लागेको छ। रुखको छहारीमा भँगेरा चारो खोज्दैछ। वाहिर गएर उसलाई धपाउन मन लाग्छ। जुरुक्क उठ्छु ,भँगेर उड्छ । उसले मेरो कुरा मैले नबोलिकनै वुझ्छ। म फेरि त्यहि कुर्सीमा थचक्क वस्छु।

भित्र किचनबाट पानीको एकनासे आवाज तप्प तप्प झरेझैँ लाग्छ। झर्को लागेर आउँछ। धारा वन्द गर्न उठ्छु। किचनमा छिर्छु ,आवाज आफै हराउँछ। त्यो पानी हैन। अरु नै केहि आवाज ! शायद आफु विचको अन्तर्द्वन्दको चर्को आवाज म सुन्दैछु।

फेरि फर्किन्छु, सिरसिर हावा चल्दैछ। पन्ना पल्टिएको छ। शिर्षक त पल्टिएको पानामा छ। फेरि शिर्षकमै फर्किन्छु अनि सुम्सुम्याउँछु " माया पाएकी केटी" लाई। मैले यो कथालाई आकार दिनै पर्छ। सुधाको लागी, उसको रहरको लागि। म सँग समय कम छ।

धेरै वेर सोचेपछि एउटा अनौठो विचार मनमा आएको छ। उ त मेरो मोनालिसा हो, मेरो हुनेवाला अद्दितिय कला हो । त्यत्तिकै कहाँ प्रकट हुन्छे उ ? एउटा साधना चाहन्छ, एउटा तपस्या। म अझै भौतिक भएर सोच्दै गर्दा उसको वारेमा सोच्न सकिरहेको छैन। कमजोरी कलममा हैन, मेरो सोचाइमा हो । सोचको परिवर्तन अन्य कथाहरु भन्दा यसलाइ भिन्न वनाउन खोजियो भने ल्याउन सकिन्छ। मैले उसलाई होशमा लेख्न सक्दिन। उसका यादहरु र म एकान्तमा हुँदा भएको हेलुसिनेसन नै आखिर उसको कथा हो नि। म एक्लै हुँदा पनि त उसलाई महसुस गर्छु।

ढोकामा चुइयँ आवाज आउँछ। सुधा नहुँदा खेरी मेरो एकान्तको अंश छिर्दैछ, ढोकावाट एउटा उज्यालो प्रकाश सँगै सुधाको भ्रम । फेरि रुखमा दुइटा भँगेरा फर्केका छन् । तर कुनै संगितमा वुरुक्क वुरुक्क उफ्रेर नाच्दैछन्। म सुस्तरि उठ्छु, उसले मलाई तान्छे अनि सोध्छे

"तिमीलाई संगित मन पर्दैन?"

म कलमलाई नियाल्छु विस्तारै उठाउँछु अनि शिर्षक तल लेख्छु

"तिमीलाई संगित मन पर्दैन ?"

उसले मेरो हात समात्छे। ढोकावाट वाहिर लान्छे। अनौठो प्रकाश छ। ति भंगेर अहिले मयुर वनेका छन्। नाच्दैछन्। यति पारिलो घाममा पनि पानी परेको छ। म भिज्दै छु ,सुधाको ओतमा !!!!

Read Full Discussion Thread for this article