Posted by: metta April 29, 2016
राम शरण महतको चरित्र
Login in to Rate this Post:     0       ?        
पञ्चायतकालमा राम्ररी फस्टाएका उद्योग धन्दाहरु केही कौडीको भाऊमा बेचिए, केहीमा चर्को राजनीतिकरण गरेर भ्रष्टाचारको अखडा बनाइयो । खुमबहादुर खड्का र चिरञ्जीवी वाग्लेहरु जन्मिए । ठेक्कापट्टामा कांग्रेसीकरण भयो । देश भ्रष्टाचारमा डुब्यो, नेताहरु रातारात करोडपति बने । यो सबै डा. महतको अर्थशास्त्रकै योगदान थियो ।


पश्चिमी शिक्षा पाएका र नेपालमा दलाल सामन्त वर्गको प्रतिनिधित्व गर्ने अर्थमन्त्री महतले शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत अधिकारलाई समेत व्यापारीकरण र निजीकरण गरे । लोक कल्याणकारी व्यवस्थाको अभ्यासतिर कुनै ध्यान दिएनन् । यसले गर्दा नेपाली कांग्रेस गरीखाने वर्गको पार्टी बन्नै सकेन ।

भूकम्प पीडितलाई तत्काल राहतको घोषणा गर्नुपर्छ भन्दा त्यसरी पैसा दिन नसकिने अडान राख्ने महत यतिबेला अर्कोपटक असफल अर्थमन्त्रीमा दर्ज हुने प्रक्रियामा छन् । सरकारले भ्रष्टाचार गर्छ भन्ने विश्वास दाता र जनतामा छ ।

महतले नै दीक्षित गरेका उनका स्वकीय सचिव नै जस्तापाता काण्डमा परेर राजीनामा दिएको अवस्था छ । माइक्रो बसमा चढेका बेलामा सुनिन्छ, यतिका वर्ष सत्तामा बस्दा पनि अर्थमन्त्रीमा किन यस्तो लोभ पलाएको होला ?

सरुवा बढुवामा पैसा खाने गरेको, राजस्व उठाउन नसकेको, राजनीतिक स्थिरता हुँदा पनि विकास बजेट खर्च गर्न नसकेको र जस्तापाता एवं त्रिपालमा भ्रष्टाचार भएको घटनाले डा. महत सबैभन्दा असफल अर्थमन्त्रीमा दर्ज हुँदैछन् ।

http://www.onlinekhabar.com/2015/06/285441/
Read Full Discussion Thread for this article