Posted by: nozzs April 11, 2016
नेपालमा अब विदेशबाट ल्याएका मोवाइल बैध कि अबैध? चल्ने कि नचल्ने??
Login in to Rate this Post:     0       ?        
विदेशबाट ल्याएका मोवाइल बैध कि अबैध? यदि तपाईलाई कसैले बैशाख १ गतेपछि विदेशबाट मोवाइल ल्याइदियो भने त्यो फोन तपाईले नेपाल दुरसञ्चार प्राधिकरणमा ल्याएर मोवाइलको युनिक कोड आइएमइआई नम्बर दर्ता गराउनुपर्ने हुन्छ। अन्यथा तपाइको मोवाइल व्लक हुन सक्छ। तर तपाईले नेपालमा मोवाइल बेच्ने आधिकारीक कम्पनीवाट मोवाइल खरिद गर्नुभयो भने केहि गर्नु पर्दैन कम्पनी आफैंले दर्ता गरिदिन्छ। '२०७३ साल बैसाख १ गतेभन्दा अगाडि ल्याएका मोवाइल फोनलाई नेटवर्क अपरेटरले आफै रजिस्टर गरिदिन्छन्' नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने 'आइएमइआई नम्बर नभएका मोवाइललाई ६ महिनाको म्याद दिएर आइएमइआई रजिष्टर गर्न लगाउँछौं त्यस अवधिमा पनि नगरे मोवाइल व्लक हुन्छ।' - See more at: http://www.bizmandu.com/content/-16937.html#.Vws8fnUpCf1
Read Full Discussion Thread for this article