Posted by: yadavanu March 10, 2016
मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ
Login in to Rate this Post:     1       ?         Liked by
मेरो बागडोलमा रहेको घर मा छोरी को नाता ले पूर्वराष्ट्रपति लाइ स्वागत छ तर 3.७ आना क्षेत्रफलमा बनेको सो घर निकै सानो छ, गार्ड को लागि बस्ने ठाउँ पनी छैन । उक्त घरमा दुई वटामात्रै सुत्ने कोठा छन् भने गाडी पार्किङ गर्नका लागि पनि पर्याप्त ठाउँ छैन् । पूर्वराष्ट्रपति बस्ने घर कस्तो हुनु पर्छ, कहाँ राख्नु पर्छ , कस्तो सुबिधा दिनु पर्छ की पर्दैन त्यो सरकार को चासो को बिषय हो मेरो होइन । यस बारे मैले पहिले नै जानकारी दिई सकेको छुl यो लिंक मा हेर्न सक्नु हुन्छ । https://www.facebook.com/anitayadavnepal/posts/847317758709487 यहाँ हरु को जानकारी को लागि पूर्वराष्ट्रपति को घर जनकपुर मा छ काठमाडौँ मा होइन।हुन त पीरले बाँच्न सिकाउँछ , ऋणले कमाउन सिकाउँछ र दुश्मनले जित्न सिकाउँछ तै पनी सत्य तथ्य जानौं, पूर्वराष्ट्रपति को छबीलाई धमीलाउन र अतिरंजित तरिका ले चरित्र हत्या गर्न नखोजौं । आज नेपाल मा सहि लाइ सहि र गलतलाई गलतलाई गलत भन्न सक्ने मानिसहरूको कमी देखिएको छ। हेर्नुहोस अनि आफ्नो प्रतिक्रिया दिनुहोस् ।
https://youtu.be/mD8MGoaJD38

For more video please click the link below.
https://www.facebook.com/anitayadavnepal/videos/912538438854085/
Last edited: 10-Mar-16 09:08 AM
Last edited: 10-Mar-16 09:09 AM
Last edited: 10-Mar-16 09:10 AM
Read Full Discussion Thread for this article