Posted by: taraniraula December 29, 2015
पहाडमा २ kg चामलको लागि यस्तो हबिगत छ
Login in to Rate this Post:     0       ?        

एकादेशमा एउटा जंगल थियो, उक्त जंगलमा थरिथरिका जनावर बस्थे । एक दिन जंगलको राजाको चुनाव भयो । जनावरहरुले सिंहलाई छोडेर बाँदरलाई राजा बनाएछन् ।
एक दिन सिंहले बाख्राको बच्चालाई उठाएर आफ्नो गुफामा लगेछ, बाख्राले पाठोलाई मुक्ति दिलाइ दिन बिन्ति गर्दै बाँदर राजा कहाँ गइन् । राजा बाँदर सिंहको गुफाको नजिक जाँदा गुफामा पाठालाई देखेछ तर भित्र गएर मुक्त गराइदिने आँट उसमा ‍आएन ।  
बाँदर राजा गुफा नजिकै रहेको रुखमा चढी एउटा हाँगाबाट अर्कोमा छलाङ्ग लगाउन थाल्यो । छलाङ्ग लगाउँदा लगाउँदै धेरै दिन यसरी नै बितिसक्दा पनि आफ्नो बच्चा न फिर्ता नआएको देखेर बाख्रीले गएर सोधी, मेरो बच्चा कहिले ल्यादिनु हुन्छ सरकार ? बाख्राको प्रश्नको जवाफ दिंदै राजा बाँदरले भने मेरो दौडधूप र प्रयासमा कुनै कमि देखेकी छौ भने भन ।

माथिको कथा र नेपालको वर्तमान राजनीतिक परिवेश उस्तै रहेछ, हामीले सिंहलाई राजा नचुनी बाँदरलाई नेतृत्व दिंदा बाख्राकै नियति भोगीरहेका छौं । 
देश पाँच महिनादेखि ठप्प छ सरकार बाँदर जस्तै उफ्रिंदै बसेको छ ।

Read Full Discussion Thread for this article