Posted by: ujl October 7, 2015
MODI-fying Nepal
Login in to Rate this Post:     1       ?         Liked by
राणाहरूले उतिबेला भविष्यको सोचेर नेपालको कुना कुनामा बिद्यालय निर्माण गरेर सारा नेपाली जनतालाई उचित शिक्षा दिन सकेको भए आज नेपालमा एस्तो दरिद्रता र लाचारीपन आउने थिएन होला. राणाहरूले आफ्नै दुनो सोजाउन तिर लागे, बिचरा जनताहरू अन्धकारमा परे. मान्छेको हरेक क्रियाकलाप मनको इक्षा शक्तिको कारणले हुने गर्दा यो इक्षा शक्ति बुझ्नु निकै जरुरि हुन्छ. मान्छेको इक्षाहरू ज्ञान र अज्ञानले निर्धारण गर्दछ. जति प्रकाश, उति उज्यालो!
आजको नेपालको बिज हिजो रोपिएको थियो. आजको दरिद्रता हिजोको मानसिकता हो. बिजमा जे छ तेही नै बाहिर प्रस्फुटन हुने हो!
८० बर्सको उमेरमा पनि कुर्चीको लोभ गर्दै बस्ने हाम्रा देशका नेताहरूले सानै देखि उचित शिक्षा पाएको भए आज नेपाल आर्कै मोडमा हुन्थ्यो. दुनिया जातिय विवाद ल्याएर प्रदेश बनाउनु पर्ने आवस्यकता नै थिएन. उही पुरानो ५ बिकाश क्षेत्रमा के खराबी थियो र? रातो बत्ति बल्दा गाडी रोक्नु पर्छ र पैदल हिड्ने मान्छेलाई जान दिनु पर्छ भन्ने ज्ञान नभएका नेपाली जनतालाई यो जातिय प्रदेशले एक्कासी पुस्पक विमानमा उडाएर स्वर्गको सयर गराउला भनेर सोच्नु मुर्खता हो.
उचित शिक्षा भनेको हातमा डिग्री हुनु होइन. आज भोलिको डिग्रीलाई म शिक्षा भनेर भन्न पनि चाहन्न. आज भोलिका डिग्री त केवल जागिरको उदेस्यले बनाइएका हुन्. उचित शिक्षाले मान्छेको आचरणमा परिवर्तन ल्याउँछ र उसका हरेक क्रियाकलाप समाज उन्मुख हुन्छ. उचित शिक्षाले मान्छेलाई भद्र बनाउदछ. नेपालीहरूलाई भद्र बनाउने उचित शिक्षाको खाँचो छ. उचित शिक्षा र आर्थिक विकाश संग-संगै लैजानु पर्दछ.
Read Full Discussion Thread for this article