Posted by: metta October 6, 2015
मोदीले चाहेको हिन्दु राष्ट्र
Login in to Rate this Post:     0       ?        
हिन्दु राष्ट्र भयो भने मात्रै धर्म संग खेलबाड़ हुदैन भनेर भन्न खोजेको हो? प्रस्ट पारिदिनु होला | मलाई पनि विवाद गर्ने मन थिएन तैपनि आफ्नो विचार राख्दै छु |

Do you really think nepal मा गाई काटिदैन ।
- गाई नकात्तिने भनेर मैले भनेको छैन, नकात्तिएको भए गाईको छाला को जुत्ता र सामानहरु नेपालमा पाईने थिएन | यत्ति सम्म पनि सुनेको छु, गाउँ तिर गाई/गोरु कात्तिने भनेर थाहा हुँदा पनि बेचबिखन गरिन्छ भनेर सुनेको छु | तर गाइ मार्यो भनेर वा रिशिबी साद्न मरेको गाईलाई पनि मार्यो भनेर बर्षौ जेलमा कोची राखेको भनेर अहिले पनि समाचारमा सुन्न मा आइराखेकै छ |

तर अरु को धर्म मा चोट पुर्याउन लाइ गाई काईदै छ । त्यों गलत हो ।
- अरुको धर्ममा चोट पुर्याउनको लागि मात्रै गाइ काटेको भने मलाई हल्ला जस्तै लाग्छ | किनकि गाइ काट्ने नेपालमा रहेका जातिहरु (मुसलमान वा इसाई बाहेकलाई) हिन्दु धर्म प्रति धेरै श्रद्दा छ र हिन्दु देबी देवतालाई अपमान गर्न खोजेको मैले अहिले सम्म सुनेको छैन | तैपनि गाई मार्यो भनेर जेलमा पुग्ने त्यहि गरिब र अनपढ जात बाहेक अरु कोहि छैनन् किनकि तिनीहरुको पक्षमा बोलि दिने कोहि छैनन् |

इंडिया र नेपालको अन्तरमा
- त्यहि अन्तर भएर नै त्यहि हिन्दु अतिवादी र माथि जस्तै हमला गर्नेहरु लाई कमल थापाहरुले रेड कार्पेट बिछ्याएर नेपालमा बोलेको र उनीहरुले हिन्दु रास्ट्रको बिरोधि लाई हमला गर्ने हिंसक भाषा बोल्दा पनि सरकार चुप लागेर नै बसेको | त्यसैले माथिको घटना असान्दरबीक छैन | कमल थापाको गुरुहरु माथिकै हिंसक जनावरहरु हुन् |

समग्र मा भनेको यती हो , तिमी जे सुकै गर तिम्रो जिन्दाकि तिम्रै खुसी तर अरु लाइ भड़काउन अरु को भावना मा चोट पुर्याउन तिम्लाई कुनै देस, कुनै धर्म ले दिदैन ।
- मैले भनेको पनि यही नै हो | तर हिन्दुहरुको भावनामा चोट लाग्न नदिन हिन्दु राष्ट्र नै हुनु पर्छ भन्नेमा मात्रै सहमत हुन नसकेको हो | मलाई हिन्दु धर्म प्रति आस्था छ |

हिन्दू धर्म जस्तो उदार धर्म अरु देखाउ तिम्रो अगाडि कान काटी दिन्छु ।
- आफ्नो आफ्नो धर्म सबैलाई सर्बोक्रिस्त्ता लाग्छ नै | तैपनि तिम्रो भनाइमा सहमत छु |

म दमै कामी भनेर मंदिर मा बाजा बजाउदै जानू गलत हो , अरु लाइ जिस्काउन मात्र । मेरा कति साथी हरु हामी सँगै सबै मंदिर पूग्या छन खै कल्ले रोक्यो ।
- यो माथि लेखेको कुरा फेरी एक चोटी पढेर हेर्नु | के दलितहरु मन्दिरमा जान दलितको भेष लुकाएर गए वा तिमि जस्तै ठुलो जातिको (assuming from your argument) पछि लागेर गए मात्रै प्रवेश पाउँछ भनेर भनेको हो? हो पशुपतिमा जाँदा कसैको जात सोधिदैना तर अरु ठुला नाम चलेका अरु मन्दिरहरु पनि छन् जहाँ दलित भन्ने थाहा पाउनसाथ प्रवेश निषेध गरिदिन्छ |
Read Full Discussion Thread for this article