Posted by: ugeslimbu September 18, 2015
पूर्वमाओवादी र कांग्रेससँग मिलेर उपेन्द्र देवकोटाले ‘नयाँ शक्ति’ बनाए
Login in to Rate this Post:     0       ?        

पूर्वमन्त्रीसमेत रहेका चर्चित डा. उपेन्द्र देवकोटाले केही पूर्वमाओवादी एवं पूर्वकांग्रेसका नेतासँग मिलेर ‘राष्ट्रिय जागरण अभियान नेपाल’ गठन गरेका छन् ।

‘नयाँ शक्ति’का रुपमा अघि सारिएको अभियानमा पूर्वमाओवादी नेता तथा वाम विश्लेषक भरत दाहालसमेत छन् । त्यस्तै पूर्वकांग्रेस नेता अनारसिंह कार्की पनि देवकोटाको अभियानमा छन् । अभियानको प्रवक्तामा डा.विनोद न्यौपाने छन् ।

‘यो राजनीतिक दल नै हो’ अभियानका प्रवक्ता न्यौपानेले अनलाइनखबरसँग भने- ‘यसले चुनाव लड्ने नलड्ने भविश्यको कुरो हो, । तर, अहिले हामी इमान्दार, युवापुस्ता र राष्ट्रप्रति जिम्मेवारहरुलाई समेट्दैछौं ।’

अहिले संगठन विस्तारको काम सुरु भएको भन्दै प्रवक्ता न्यौपानेले भने- ‘इमान्दार र राष्ट्रपति जिम्मेवार मानिसहरुको संगठन बनाएका हौं ।’

Bharat Dahal

भरत दाहाल

राष्ट्र/राष्ट्रियताको प्रश्नलाई समाधान नगरिकन जनताका बाँकी समस्या समाधान गर्न सम्भव छैन भन्ने निष्कर्षलाई ध्यानमा राखी सर्वाङ्गीण दृष्टिकोण र योजनाका आधारमा देशव्यापीरुपमा राष्ट्रिय जागरण अभियान उठाउन ‘राष्ट्रिय जागरण अभियान, नेपाल’ गठन गरिएको प्रवत्ता डा.विनोद न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अभियानमा सहभागी नेता भरत दाहालले भने यो पार्टीका रुपमा नभएर राष्ट्रियताको मुद्दामा लविङ गर्न गठन गरिएको अभियान भएको बताए ।

‘हामी तीन वर्ष अघिदेखि नै डा. देवकोटासँगै थियौं,’ दाहालले अनलाइनखबरसँग भने,’तीन वर्षदेखिको सहकार्य र एक वर्ष पहिले गठित अभियानलाई अहिले सार्वजनिक गरिएको हो ।’

‘यो संविधानले समस्या समाधान गर्दैन’

संविधानले नेपालको संकटको समाधान एकथान संविधान बन्नु वा नबन्नुमा निहित नभएको भन्दै अभियानले संविधान निर्माण र राज्यको कथित पुनर्संरचनाबारे अहिलेसम्म सुनिएका दलीय मागहरुले देशको संकट समाधानको आवाजको प्रतिनिधित्व नगर्ने बताएको छ ।

‘दशकौंदेखिको यो गोलचक्करबाट मुक्तिका लागि नेपालीहरु नयाँ चेतनाबाट उठ्नुको विकल्प छैन’ अभियानले भनेको छ ।

- See more at: 
Read Full Discussion Thread for this article