Posted by: IT_Guy September 11, 2015
छोरीलाई पोर्नस्टार बनाएरै छोड्छु- सुनिता पनेरु, आमा
Login in to Rate this Post:     0       ?        

अरु आमाहरु आफ्ना छोरीलाई डाक्टर, इन्जिनियर बनाउन चाहन्छन् । तर, तपाईं पोर्नस्टार बनाउन चाहनुहुन्छ । यो त उदेकलाग्दो कुरा भएन ?

यसमा उदेक मान्नुपर्ने के छ ? दुनियाँमा पोर्नस्टार बनाएर नाम कमाएका कति केटीहरु छन् ? मेरी छोरीले पोर्नस्टार बन्न खोजेर के गलत गरी ? मैले उसको सपना साकार पार्न सहयोग गरेर के गलत गरेँ ? छोराछोरीको इच्छा पूरा गरिदिनु आमाबाबुको कर्तव्य होइन र सर ?

छोरीलाई सम्झाउने प्रयास कहिल्यै गर्नुभएन ?

किन सम्झाउने ? उ पोर्नस्टार बनेर नाम कमाउन चाहन्छे भने यसमा गलत के छ ?

पोर्नस्टारले के के गर्नुपर्छ भन्ने त तपाईंलाई राम्रैसित थाहा होला । कि नबुझेर यो सब भनिरहनुभएको छ ?

राम्रोसित थाहा छ । पोर्नस्टार पनि धेरै क्याटागोरीका हुन्छन् । मेरी छोरीले पोर्न मुभीमा खेले पनि ‘एक्सट्रिम सीनहरु’ गर्दिँन भनेकी छ । उसले सिंगल सीनहरु सबै दिन्छे । सेक्सको सिनहरु चाहिँ बिचार गरेर मात्रै दिन्छे । सेक्समा पनि त धेरै किसिमका सिनहरु हुन्छन् । उसले गलत सीनहरु गर्दिँन ।

आफैंले छोरीको नांगो फोटो खिच्न कत्ति पनि लाजसरम र आत्मग्लानी भएन तपाईंलाई ?

बिलकुलै केही भएन । मलाई कहिले पनि लागेन कि म कुनै नराम्रो काम गरिरहेकी छु । हामीले घरभित्रै बसेर फोटोसेसन गरेका हौं । उसको ड्याडीले पनि यसमा सपोर्ट गर्नुभएको छ ।

बिगतमा तपाईंको पनि थियो कि पोर्नस्टार बन्ने सपना ? आफैंले कहिल्यै नांगो फोटो खिचाउनुभएको छ ?

रहर त धेरै थियो । त्यतिबेला मलाई यस्तो काम गर्न परिवारले छुट दिएन । तर, म छोरीलाई त्यस्तो बन्देजमा राख्न चाहन्न ।

प्रहरीले आइन्दा यस्तो काम नगर्नु भनिसकेको छ, अब कसरी बनाउनुहुन्छ छोरीलाई पोर्नस्टार ?

मेरी छोरी हिजो प्रहरी कार्यालयबाट फर्केपछि बेहोशजस्तै भएकी छे । रातभरि रोएर बिताई । हजुरले भन्नुस् त, म एउटी आमा भएर कसरी उसको आँखामा आँशु हेर्न सक्छु ? उसको सपना पूरा गर्न म जस्तोसुकै लडाइँ लड्छु । छोरीको आत्मालाई रुवाएर म कहिल्यै हाँस्न सक्दिँन ।

उसको इच्छालाई मार्नु भनेको म जिउँदै मरेसरह हो । त्यसैले म समाजसित हात जोडेर आग्रह गर्छु, हामी आमाछोरीलाई ज्यूँदै नमार्नुस् ।

अब यस्तो काम गर्दिँन

Archana-paneruअर्चना पनेरु

तिमीलाई पोर्नस्टार बन्ने सोख कसरी पैदा भयो ?

मेरो सानैदेखिको इच्छा थियो । सन्नी लियोनीको न्यूड फोटो र मुभीहरु हेरेर ‘इन्स्पायर’ भएकी हुँ । उहाँ नै मेरो आइडल हो ।

बुवाआमाले कहिल्यै यो काम ठीक होइन भनेर सम्झाउनुभएन ?

उहाँहरु सधैं मेरो फुल सपोर्टमा हुनुहुन्छ । जहिले पनि मलाई हौसला दिँदै आउनुभएको छ । फोटोसुट पनि उहाँहरुले नै गरिदिनुभएको हो ।

नेपालमा त यस्ता फिल्म बनाउन र खेल्न पाइँदैन । कुन देशमा गएर खेल्ने सोचेकी थियौ ?

मैले कहिल्यै पनि विदेश जाने सोच बनाइँन । नेपालमै बसेर यो फिल्डमा केही गर्छु भन्ने सपना थियो । मलाई लाग्छ, भविश्यमा नेपालमा पनि पोर्न फिल्महरु खुला हुन्छन् । त्यसैका लागि तयारी गरेकी थिएँ ।

एकातिर प्रहरीले पक्राउ गर्‍यो, अर्कोतिर स्कुलले निकालिदियो । यो काम ठीक होइन रहेछ भन्ने थाहा भयो होला नि अब ?

हो, सबैजनाले नराम्रो भन्नुभएको छ । नेपालको समाजमा यस्तो चल्दैन रहेछ । प्रहरीले भनेको मान्नैपर्छ । त्यसैले अबदेखि यस्तो काम गर्दिँन । हिजोको दिनदेखि मोडलिङ नै छोडिदिएँ । पढाइलाई कसरी अगाडि बढाउने भनेर मम्मी ड्याडीसित सल्लाह गर्छु ।

- See more at: http://www.onlinekhabar.com/2015/09/324303/#sthash.If0S5iFR.dpuf
Last edited: 11-Sep-15 02:31 PM
Read Full Discussion Thread for this article