Posted by: cybernepali May 21, 2015
नेपाल आमा रन्डी ! सिके राउत, तिम्री आमा को ?
Login in to Rate this Post:     0       ?        
देवकी विष्ट
सिके राउतलाई मेरा शब्द धेरै बर्बाद पार्न चाहन्न । सिके राउत जसरी मुख छाडेर बोल्न पनि चाहदिनँ । किनभने म मेरो शब्द राम्रो स्थानमा प्रयोग गर्न चाहन्छु । च्याउजस्तै उम्रेका अनलाइन पत्रिकाले किन स्थान दिन्छ होला । सधैँ सञ्चारमाध्यमले आफ्नो नामको लागि मात्र होइन व्यावसायिक पनि हुनुपर्छ । तपाईंलाई थाहा नै छ ।

अहिलेको अवस्था हिंसा भड्काउने होइन । हिंसा व्यवस्थापन गर्न पनि जान्नु पर्छ । सिके राउत र सरिता गिरीजस्ता छेपारोलाई  सञ्चारमाध्यममा आउन एक न एक कान्ड मच्चाइरहनु पर्छ । सोध्न चाहन्छौँ सिके राउतलाई मधेस र पहाड छुट्याउने हैसियत कसले दियो ? तराईको छातीमा बसेर गर्जिेने हक सिकेमा कहाँबाट आयो रु तराई होस् वा पहाडी महिला नेपाली हुन् । कहिले नेपाली आमालाई रन्डी भन्ने कहिले पहाडी महिलालाई वेश्या भन्ने ।

ती महिला कसरी वेश्या भए ? नेपाली आमा कसरी रन्डी भइन् ? जसलाई रन्डी र वेश्याको सम्वोधन सिके राउतले गरे । उसैको कोखबाट हुर्केर अहिले सिके राउत यो अवस्थामा पुगेको हो । यसकै कोखमा हुर्केको सिके राउतलाई अब समयले के सम्बोधन गर्छ । त्यो समयले नै बताउँछ । सोध्न चाहन्छु । वेश्यासँग सुत्ने पुरुषचाहिँ को हो ? के हो ? नेपाली आमा रन्डी हुन् भन्ने सिके राउत तिम्री आमाचाहिँ को हुन् ? रन्डीबाट जन्म लिएका सबै नेपाली को हुन् ? ती रन्डी र वेश्यासँग सुत्ने तिम्रो बुबा अर्थात पुरुष को हुन् ? प्रश्न सोध्ने बेला आयो । वेश्या भन्ने तिनीहरुलाई वेश्या बनाउने को हो ? बुझ्न सक्छौ ? तिमीजस्तै सोच भएका व्यक्तिको ऐयासीमा जन्मेका ती लालाबाला हुर्काउन पनि उनीहरु वेश्या बनिरहेका छन् ।

आफ्नो शरीर बेचेर उनीहरु प्रत्येक दिन सिके राउत जस्ता भावना भएकाबाट सिकार भइरहेका छन् । अरु केही भन्दिनँ । साँच्चै वेश्याको अर्थ बुझ्न चाहन्छौ भने एकछिन आफ्नो आमालाई बुझ । सबै प्रश्वको जवाफ मिल्छ । आफ्नो श्रीमती र सन्तानको सम्मान गर्न नसक्ने सिके राउत के नेपाली आमाको सम्मान गर्न सकौला रु आफ्नो परिवारलाई इज्जत दिन नसक्नेले के नेपालीको अस्मिता सुरक्षा गर्ला ? किन बुझ्दैनौ हामी नेपाली रु जसलाई तपाईं साथ दिनु हुन्छ, पहिला बुझ्नुस को हो ? के हो ? अनि त्यसको पछि लागेर नारा लगाउनुस् । इतिहास साक्षी छ । प्रत्येक नेपाली कति स्वाभीमानी छ भनेर ।

नेपालीको स्वाभिमानमा केही आँच आए के हुन्छ ? इतिहास पढेर बोल । अहिले देश विपत्तिको अवस्थाबाट गुज्रिरहेका बेला धेरै नबोले हुन्छ । घ्यूमा आगो थप्ने काम नगर । पहाड फुटेको बेला तराईले छाती थापेको छ । तराई रुझेको बेला पहाडले पुछेको कुरा सिके राउतलाई थाहा छ ? यदी सिके राउत साँच्चै देशभक्त हो भने विपत्तिमा परेका बेला रन्डी, वेश्या भनेर स्यालको दुलोबाट कराउनु पर्दैन । वुद्धि भए वैज्ञानिकको नाम धारण गरेको हो र युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्या भुषण, कुलरत्न गोल्ड मेडल लगायतका पुरस्कार पाएको नै हो भने देखाऊ तिम्रो क्षमता र विपत्तिमा परेको देशमा मल्हम लगाउने काम गर ।

चोट पुर्याउने काम नगर । म पनि तराईवासी हुँ । प्रकृतिले न तराई हेर्छ न पहाड हेर्छ । न धनी हेर्छ न गरिब । न वैज्ञानिक हेर्छ त मूर्ख । न मधेसी हेर्छ न पहाडिया । अहिले देश टुक्राउने र गालीगलौज गर्ने बला होइन । विद्धान भनेर विद्वत्व प्राप्त गर्नेको नाममा कलकं नबन्नुस् ।
-देवकी विष्टको ब्लगबाट

http://epahilodainik.blogspot.com/2015/05/blog-post_844.html#.VV4bPflViko
Last edited: 21-May-15 11:53 AM
Read Full Discussion Thread for this article