Posted by: cybernepali May 9, 2015
अमेरिकामा यी कामहरु गर्नु पूर्व होसियार रहनुहोला
Login in to Rate this Post:     0       ?        

अमेरिकामा यी कामहरु गर्नु पूर्व होसियार रहनुहोला

sanu

अमेरिकामा यी कामहरु गर्नु पूर्व ३ पटक सोच्न सम्पुर्ण दाजु भाइ दिदिबहिनीहरु र महानुभाबहरुमा मेरो अनुरोध छ । नत्र तपाइ लाई बर्बाद पनि बनाइदिन सक्छन् ।

घर भाडाको सम्झौता, बिजुलिपानी, टेलिफोन,इन्टर्नेट्,जिबन बिमा, स्वास्थ बिमा, सम्पती बिमा, गाडी बिमा,भैपरी बिमा,अन्य सम्झौता, सर्तनामा र कागजात गर्दा नबुझी हस्ताक्षर्, स्विकृती वा हुन्छ नभन्नुहोला । नत्र तपाइलाई आर्थीक ठुलो नोक्सानी त पुग्छ्नै यस्ले तपाइको उठिबास र क्रेडिट ध्वस्त बनाइदिन्छ जसले तपाइको आमेरिका बसाइ लाई क्षणभर मा नै अस्तब्य्स्त बनाइदिन्छ ।


यी तपाइका गोप्य सुचनाहरु कदापी फोन र इन्टर्नेट मा नदिनु र नभन्नुहोला । तपाइको जन्म मिति, बसेको ठेगाना, सम्पार्क फोन, सोसियल कार्ड नम्बुर्,सवारी चालक नम्बर्,क्रेडिट्, डेबिट कार्ड । जसले तपाइको आइडेन्टिटी चोरी गरी तपाइलाई भुसुक्कै  डुबाइदिन सक्छन् ।
बर्षमा ब्यक्तिगत १५ हजार डलर र पारिवारिक १९ हजार भन्दा बढी कमाउनु भएको छ र यसै आधारमा कर बुझाउनु भएको छ भने कृपया फुड्स्ट्याम्प, विक्, मेडिकिअर सुबिधा नताक्नु होला या त्यो सुबिधा झुक्कियर पनि नलिनु होला नत्र अमेरिकि सरकारले चाल पायो भने तपाइलाई कानुनि कारबाहि हुनेछ ।  र जेल पनि जानु पर्ने हुन सक्छ


डाक्टर्, वकिल र बिमा कम्पनी मा गरिने खर्च कहिले पनि फर्किने छैन । यी ३ क्षेत्रमा खर्च गर्नु र बिस्वास गर्नु पुर्ब होसियार रहनुहोला । यी ३ अमेरिकाका सेता हात्ती हुन ।


अमेरिकामा रहनु हुने नेपालि दाजु भाइ दिदि बहिनिहरु होसियार रहनुहोला । तपाइहरुले आर्थिक कारोबार गर्दा वा आर्थिक सहयोग गरिरहनु भयको छ भने याद गर्नु होला। ९ सय ९९ डलर भन्दा बढिको चेक काट्नु, डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि चन्दा दान वा सहयोग कसैलाइ वा कुनै सस्थालाइ गर्नु भएको छ भने दान गरेको प्रमाण प्रत्र लिन नभुल्नु होला ।


नगद २ हजार डलर भन्दा बढि खल्तिमा बोकेर नहिड्नुहोला। ९ हजार ९ सय ९९ डलर भन्दा बढिको कारोबार, बैक बाट निकाल्दै हुनुहुन्छ भने, कसैलाइ सापटि वा सहयोग १० हजार वा बढि गर्नु भएको छ भने, कुनै सस्थाको खातामा १ हजार डलर भन्दा बढि कर नतिरेको रकम फेला परेमा सहयोग गर्ने मात्रै होइन खाता सन्चालन गर्ने ब्यक्ति वा समुह अमेरिकाको आन्तरिक राजस्व बिभागको कार्वाहिमा पर्नु होला । नियम कडा छ, ११ बर्ष पछि पनि समातिने हुन्छ। अमेरिकामा कागज हेर्छ, भनसुन र क्रोधनको कुनै सुनुवाइ हुने छैन्। ९ हजार ९ सय ९९ डलर भन्दा बढिको कारोबार गर्दा बडो साबधानि पुर्बक गर्नु होला। सुनिदैछ भुकम्प पिडितका नाममा सस्था मार्फत हजारौ डलर खातामा जम्मा भएको छ। जुन रकम ब्यक्ति पिच्छे बोकेर नेपालमा नेता बन्ने सुर कसैले गरिरहनु भएको छ भने अमेरिकाको आर्थिक ऐन मुद्रा कारोबारको कडा कानुनको फन्दामा पर्नु होला। अर्को कुरा अमेरिकाको सङ सस्था ५०१ सि को ३ अन्तर्गत दर्ता नभएका सस्थाहरुले चन्दा र सह्योग रकम उठाउन पाउदैनन्। सहयोग लिनेहरुले यहाको कानुन पालना नगरिदिदा सह्योग दिनेहरु पनि फस्ने हुदा मनलाग्दि ढङ्ले नहिड्नु होला। यी मेरा सुझाब हरु मात्र हुन । मान्ने नमान्ने, सुन्ने नसुन्ने तपाइहरु को आफ्नो स्वतन्त्राता हो । सुने तपाइहरु कै लागि फाइदाजनक र जिवन सहज हुनेछ ।

सानुबाबु सिलवाल

http://uskhabar.com/?p=3717

Read Full Discussion Thread for this article