Posted by: metta May 3, 2015
Please Confirm this???
Login in to Rate this Post:     0       ?        

विदेशी उद्धार टोली परिचालन नभई फर्किने तयारीमा

पी.टी. लोप्चन/उज्यालो । काठमाडौं, वैशाख १८ – भूकम्प पीडितको समयमै उद्धार नभएको गुनासा आइरहेको बेला विदेशबाट आएका केही उद्धारकर्मीको टोली अझै परिचालन हुन सकेको छैन । जर्मनीबाट आएको ५२ जनाको उद्धार टोली, दुवईको २९ जनाको मेडिकल टोली र नर्वेको ३७ सदस्यीय राहत तथा उद्धार टोली परिचालन हुन नपाएको हो ।

भूकम्प प्रभावितको उद्धारका लागि विभिन्न देशबाट आएका खोजी तथा उद्धार टोलीलाई आ–आफ्नो देश फर्कन सरकारले औपचारिक आग्रह गरिसकेको छ । नेपाल आएका उद्धार टोलीले घरभित्र पुरिएका मृतकको उद्धार गर्ने अधिकार आफूहरुलाई नरहेको बताएपछि सरकारले आ–आफ्नो देशमा फर्कन आग्रह गरेको हो । 

खोजी, उद्धार र राहतको अन्तर्राष्ट्रिय टोलीको समेत नेतृत्व सम्हालेको नेपाली सेनाले समेत उद्धार टोलीलाई सम्बन्धित देशमै फर्काउने बारेमा कुरा भैरहेको र नेपाल सरकारले गर्ने निर्णय बमोजिम हुने जनाएको छ । 

सरकारले आ–आफ्नो देशमा फर्कन गरेको आग्रहसँगै कतिपय विदेशी उद्धार टोली परिचालन हुन नपाई फर्कने अवस्थामा पुगेको छ । नेपाली सेनाको व्यवस्था तथा नीति निर्देशनालय जंगी अड्डाका अनुसार भारतबाट आएको ९ सय ६२ सदस्यीय २८ वटा टोली  सिनामंगलको एपिएफ बेसक्याम्पमा, चीनबाट आएको ४ वटा कुकुर सहितको ८ वटा टोली धुलिखेल तथा सिंहदरबारमा, पाकिस्तानको खोजी टोली भक्तपुरको दधिकोट र मेडिकल टोली भक्तपुरको सल्लाघरीमा खटिएका छन् । 

श्रीलंकाको १ सय ४० जनाको दुई टोली काभ्रेको दोलालघाटमा, बंगलादेशको १७ सदस्यीय टोली खोकनाको आदर्श स्कुलमा, इजरायलको  २ सय ८६ जना सम्मिलित दुई टोली छाउनी अस्पताल र शोभाभगवती, नुवाकोट र साँखुमा परिचालन गरिएको छ । 

यस्तै भुटानको ६२ को मेडिकल टोली त्रिशुलीको विदुरमा, अमेरिकाको ६ वटा कुकुर सहितको टोली खोजी तथा उद्धार टोली रसुवामा, मलेसियाको ४७ जनाको टोली हरिसिद्धी र साँखुमा, फ्रान्सको ८ जनाको टोली चरिकोटमा, स्पेनको ९ जनाको खोजी टोली गोर्खामा, कोरियाको १४ जनाको टोली भक्तपुर थिमीमा, सिंगापुरको १ सय ६ जनाको मेडिकल र खोजी टोली गोर्खा र खुमलटारमा, थाइल्याण्डको १७ जनाको मेडिकल टोली टुँडिखेलमा परिचालन गरेको छ । 

http://ujyaaloonline.com/news/43554/rescue-team-nepal-eartquake/

Read Full Discussion Thread for this article