Posted by: metta May 2, 2015
Please Confirm this???
Login in to Rate this Post:     0       ?        
राष्ट्र बैंकको निर्देशनले सहयोगी निरुत्साहित
काठमाडौं : नेपाल राष्ट्र बैंकको निर्देशनले सहयोगी हातहरू निरुत्साहित भएका छन्। नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै भूकम्प पीडितको नाममा खोलिएका खाताको रकम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा मात्र रकमान्तर गर्न पाउने र आफूखुसी वितरण गर्न नपाउने निर्देशन जारी गरेको थियो।
 
तर, सहयोग गर्न चाहने सर्वसाधारण तथा विभिन्न संघ संस्था भने सरकारको खर्च गर्ने प्रणाली पारदर्शी नभएको र सरकारी कोषबाट राजनीतिक दलका कार्यकर्ता पोस्ने व्यवहारका कारण निरुत्साहित भएका हुन्।
 
विभिन्न सर्वसाधारण तथा संघ संस्थाले शनिबार मुलुकमा गएको महाभूकम्पको उद्धार तथा राहतका लागि बैंक तथा वित्तीय संस्थामा खाता खोली सहायता जुटाउने अभियान नै सुरु गरेका थिए। तर, एक बैंकरका अनुसार राष्ट्र बैंकको निर्देशनपछि सहयोगी हातहरू निरुत्साहित भएका हुन्।
 
विगतमा राजनीतिक दलका नेताहरूले राहत वितरण गर्दा आफ्ना कार्यकर्तालाई मात्र दिएको तथा सही रूपमा पीडितले नपाएको भन्दै सहयोग रकम जम्मा गर्न निरुत्साहित भएका हुन्।
 
विगतमा राजनीतिक दलका नेताहरूले राहत वितरण गर्दा आफ्ना कार्यकर्तालाई मात्र दिएको तथा सही रूपमा पीडितले नपाएको भन्दै सहयोग रकम जम्मा गर्न निरुत्साहित भएका हुन्। 
 
बैंकरहरूका अनुसार सरकारको नियत ठिक भए पनि व्यवहारमा दलका कार्यकर्तालाई मात्र पीडित देख्ने बानी परिवर्तन नहुन्जेल सहयोग गर्न चाहनेहरू आश्वस्त हुने स्थिति भने छैन।
 
विगतमा केही संघ संस्थाले सहयोग रकम दुरुपयोग गरेको भन्दै राष्ट्र बैंकले राहतको नाममा खोलिएका खाताको विवरण पेस गर्नसमेत बैंकहरूलाई निर्देशन दिएको छ। 
 
राष्ट्र बैंकको निर्देशनअनुसार विभिन्न संस्थाले राहतका लागि खोलेको कोषको रकम आफूखुसी वितरण गर्न पाउने छैनन्। कोषमा रकम जम्मा गर्न सकिने तर आफूखुसी वितरण गर्न नसक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले बताएको छ।
 
यस्तै, सरकारले पाल, खाद्यान्न जस्ता वस्तु सहयोग गर्दा भ्याट छुट दिनुपर्ने उनीहरूको भनाइ छ। 'हामीले वस्तु खरिद गरेर दिँदा सरकारलाई नै मद्दत गरेको हो', बैंकरले भने।
http://annapurnapost.com/News.aspx/story/11132


Read Full Discussion Thread for this article