Posted by: _____ May 1, 2015
भारतीय सेनाः उडान बढी, उद्धार कम
Login in to Rate this Post:     0       ?        

भारतीय सेनाः उडान बढी, उद्धार कम

(0 votes)

काठमाडौं— नेपाली सेनाको तुलनामा गत शनिवार गएको भुकम्प प्रकोपमा उद्धार गर्न आएको भारतीय सेनाले उडान भन्दा उद्धार कम गरेको तथ्यांकले देखाएको छ। बिहीबारको पछिल्लो तथ्यांक अनुसार भारतीय सेनाका ६ वटा हेलिकोप्टरले १ सय ११ पटक उडान भरेको थियो। जसमा उसले ८८ जना नेपाली र ६२ जना बिदेशीलाई सफल उद्धार गरेको गर्‍यो।

सोही दिन नेपाली सेनाले ६४ उडानबाट १ सय ९९ नेपाली र १७ जना बिदेशीलाई मुलुकका बिभिन्न ठाउँवाट सकुशल उद्धार गरेको तथ्यांकले देखाएको छ।


नेपाली र भारतीय सेनाको गत बिहीबार गरेको १ सय ७५ उडानबाट २ सय ८७ नेपाली र ७८ जना बिदेशी गरी जम्मा ३ सय ६५ जनालाई सकुशल सकुशल उद्धार गरेको हो। बिहिबारको तथ्यांकले पनि तुलनात्मक रुपमा नेपाली सेनाले भारतीय सेना भन्दा बढी उद्धार गरेको देखाएको छ।

नेपाली सेनाको हेलिकोप्टरबाट ३ हजार ७ सय ५० किलोग्राम बराबर खाद्य सामग्री तथा ४ हजार ६ सय किलोग्राम गैर खाद्य सामाग्री भुकम्प पीडितका पु¥याएको थियो भने भारतीय सेनाको उद्धार तथा राहत टोलीले ८ हजार ४ सय किलोग्राम खाद्य सामग्री र ५ हजार ३ सय किलोग्राम बराबरको गैर खाद्य सामग्री भुकम्प पीडितकहाँ पु¥याएको छ।

उद्धार र राहतको नाममा आएका भारतीय सेनाले उद्धार र राहतमा भन्दा भारतीय पत्रकार टोली घुमाउने र मुलुकका उत्तरी भागमा बढी उडान गरेका कारण पनि सोचे जस्तो उद्धार र राहत भारतीय पक्षवाट नभएको भन्दै ब्यापक आलोचना हुदैँ आएको छ।

९ ठूला बिमान मात्र पार्किङ गर्ने क्षमताको त्रिभुवन अन्तरार्ष्ट्रिय बिमानस्थलमा भारतीय बायु सेनाका बिमानले पार्किङ क्षेत्र ओगटेपछि बाह्य देशबाट आउने राहत रोकिन पुगेको छ। राहात बोकेर नेपाल आउन लागेको उत्तरी छिमेकी देश चीनले पठाएको उद्धार र राहतका सामग्री बोकेको बिमान चार दिनदेखि केरुङ, तिब्बतमा अझै अलपत्र परेर बसेका छन्। थाइल्याण्डबाट टेन्ट र पाल बोकेर तयारी अवस्थामा रहेका दुई बिमान पार्किङ स्थलको अभावका कारण बिहीबार नेपाल आउन नसकेको गृह मन्त्रालय स्रोतले बतायो। भारतीय वायु सेनाका बिमानलाई पार्किङ स्थलबाट बाहिर पठाउन सकेको भए धेरे देशको राहत नेपाल भित्रिने थियो तर त्यो सम्भव हुन नसकिरहेको गृहका कर्मचारी बताउँछन्।

राष्ट्रिय आपत्तकालिन कार्य सञ्चालन केन्द्र, सुचना समन्वय अधिकृत पुण्यप्रसाद ढकालले मित्र राष्ट्रबाट आएका सहयोग र राहत लिने कार्यमा केही प्रावधिक कठिनाई भए पनि समाधान हुदैँ गएको बताए। 'बिमानस्थलदेखि भन्सारसम्ममा केही समस्या देखा परे पनि त्यो क्रमशः समाधान हुदैँ गएको छ', सूचना अधिकृत ढकालले नागरिकन्युजसँग भने, 'अब क्रमशः बैदेशिक राहतका सामाग्री नेपाल भित्रन सुरु भएका छन् ।'

उनका अनुसार उद्धार र राहतको बारेमा समन्वय गर्न नसकेका कारण पनि केही समस्य उत्पन्न भएको तर त्यो क्रमशः हल हुदैँ गइरहेको छ।

- See more at: http://www.nagariknews.com/politics/international/story/37297.html#sthash.0P4oQb7K.dpuf
Read Full Discussion Thread for this article