यता हर्बर्ट हम्फ्रीले
दिक्क उता ज्ञानेन्द्र झनझन निरङ्कुश हुँदै जानु र सात दलको कहिलेइ न टुंगिने आन्दोलन
| प्रजातन्त्रमा बिश्वास राख्ने भए पनि कर्मचारी परियो, बाहिर बोल्न लेखन नमिल्ने |
ज्ञानेन्द्रले भ्रष्टाचारीले कार्यबाही गर्छु भनी एउटा शाही आयोग गठन गर्यो | जसको
काम कसै बिरुद्ध उजुरी आफै हाल्नु आफै गएर समाएर ल्याउनु अनि आफै सजाय तोक्नु थियो
| पुलिस, प्रोसिक्यूटर, न्यायाधिश कोइ नचाहने संसारकै नमूना शाही आयोग गठन गरी बिरोधी
तह लगाउने काम गर्न थाले|
यही शाही आयोगले
पूर्ब प्रधान मन्त्री देउबा , हालका उप प्रधान मन्त्री प्रकाश मान , लगायत खाने
पानी सेक्टर कै सबै भन्दा योग्य र इमान्दार मानिने ध्रुब बहादुर श्रेष्ठ (
कार्यकारी निर्देशक, मेलम्ची खानेपानी ) आदि लाई मध्यरातमा छापामार शैलीमा गिरफतार
गरी जेल चलान गरियो | मेलम्ची सम्बन्धी जुन आरोप जडियो त्यो अलिकति टेन्डर सम्बधी हिसाब
किताब जान्ने जो कहिलाई पनि हास्यास्पद लाग्थ्यो भने , म आफै त्यो संस्थामा काम
गरेर आएकोले यथार्थ थाहा थियो |
त्यसपछि म मा
बिद्रोह जाग्यो, कर्मचारी हुँदैमा अन्यायलाई टुलुटुलु हेरेर बस्न मेरो नैतिकताले दिएन|
तै पनि ब्यबहारिक कारण अझ भनुं दाल भात खानु पर्ने, बाच्नु पर्ने यथास्थितिबाट
भाग्न मिल्दैन थियो | आन्दोलनमा अनैतिक मात्र हैन अब बौद्धिक सहयोग पनि गर्नु
पर्छा भन्ने लाग्यो | तत्कालिन परिस्थितिमा सबैभन्दा सहयोगी माध्यम देखें ,
इन्टरनेटको भरपुर उपयोग |
आन्दोलन चर्किंदै गए
पछि देश भित्रको मेडिया माथि नेपाली सेनाको सेन्सरसिप लागु भयो | बिदेशी अनलाइन
न्यूज पाउन सकिने वेब साइटहरु ब्लक हुँदै थियो | यसै क्रममा नेपाल जापान डट कम , Nepalipost.com ब्लक भैसकेको थियो |
विदेशमा रहेका
नेपालीहरुको धारणा बुझ्न गुगलमा अनेक साँचो शब्द ( की वर्ड क्या ) घुसाउदै खोज्ने क्रममा साझा डट कम देखें | आन्दोलन
सम्बधी बहस नि देखें |
आन्दोलन सम्बन्धी
केहि पोस्ट गर्न अघि टेस्ट हान्न मन लाग्यो | यसो पोस्ट गर्न खोज्या सान दाइको
द्वार पालले रोकी हाल्यो |
रजिस्टर्ड नगरी , आइ
डी न बनाई , लग इन नगरी सानदाइका द्वारेहरुले पोस्ट गर्न नदिने भए पछी , रजिस्टर्ड
गर्न कर नै लाग्यो |
फेरी इमेल आड्रेस
माग्यो , लौ बर्बाद | ज्ञानेले सरकारी कर्मचारीहरुको फेरिहस्त शरद चन्द्र शाह मार्फत
कम्प्युतराइज्द अभिलेखमा बन्द गरिसकेको अवस्था थियो | कांग्रेस र कम्युनिस्ट
समर्थक कर्मचारीहरु माथि हनुमान हाकिमहरुको वार्निग आइसकेको थियो| त्यो अवस्थामा
असली इमेल र असली आइ डी को आइडिया ठिक लागेन|
अमेरिकामा रहेका एक मित्रलाई
एउटा इमेल आईडी बनाइ दिने आग्रह गरें, क्यालिफोर्नियाको
ठेगाना राखेर ( जिप कोड) | इमेल त भयो अब , साझाको आइ डी के राख्ने ?? परेन फसाद ?
यस्तो आइ डी होस् कि
जुन आइ डीले ठुल्दाईको असली परिचयको छेउ छौ समेत पुग्न नसकोस भनेर घोत्लिएँ| ज्यान
जाला आइडीको आइडिया फुरेको होइन| ३ दिन पछी बल्ल एउटा आइडी जुर्र्यो “ राहुल भाइ “
| अनि टेस्ट पोस्ट गरें एउटा कबिता |
क्रमश: