Posted by: ny2 March 9, 2015
Kathmandu - शाहरुख खानको जहाज ल्यान्ड गराउन ८ जहाज आकासमै 'होल्ड'
Login in to Rate this Post:     0       ?        
This is our Nepal...wondering what was going through all those passengers' mind when their planes were circling around especially after last week crash landing???

काठमाडौं—शाहरुख खानको जहाज अवतरण गराउन त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलले ८ वटा एयरलाइन्सका जहाजलाई एक घन्टासम्म आकासमै होल्ड गराएको छ। दिल्ली र कोलकताबाट आएका एयर इन्डियाका जहाज, कुन्मिङबाट आएको चाइना इस्टर्न एयरलाइन्सको जहाज, आबुधावीबाट आएको इत्तेहाद एयरवेजको जहाज, दिल्लीबाट आएको जेट एयरवेज, दोहाबाट आएको कतार एयरवेज सहितका जहाजलाई विमानस्थलले ३ बजेदेखि आकासमै होल्ड गराइएको हो।

बलिउड सुपरस्टार खानको सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल गराइएको स्रोतले बतायो। 'उनको जहाज ल्यान्ड गराउन ३ देखि साढे ३० बजेसम्म विमानस्थल बन्द गराउनु परेको हो', विमानस्थल स्रोतले भन्यो। उडान र अनुमति रोक लगाउन प्रयोग गरिने 'नो ट्याम' सो समयमा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलले जारी गरेको थियो।

चार दिनसम्म बन्द रहेर खुलेको विमानस्थललाई फेरि बन्द गराउँदा यात्रुलाई मर्का परेको एयरलाइन्स अपरेटर्स कमिटी नेपालका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए।
- Source http://www.nagariknews.com
Read Full Discussion Thread for this article