Posted by: bokaman February 17, 2015
नेपाली युबकमाथि पाकिस्तानी रूम पार्टनर द्वारा बालात्कार
Login in to Rate this Post:     0       ?        
के के मात्र सुन्न पर्ने हो| हुँदा हुँदा युबकहरु पनि बालात्कारको शिकार| एक दम क्युट अनि चिप्लो चप्लो थियो कि के हो त्यो नेपाली केटो?

दुबई – एक पाकिस्तानी युवकले रुम पार्टनर एक नेपाली युवकलाई बलात्कार गरेका छन् । कोठामा सुतिरहेको अवस्थामा नेपाली पुरुष साथीलाई बलात्कार गरेको अभियोगमा एम.वाई. नाम गरेका पाकिस्तानी युवकलाई दुबई अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो ।

Dubai३१ वर्षिय पाकिस्तानी युवकले रक्सीको नशामा २२ वर्षिय नेपाली युवकलाई बलात्कार गरेको गल्फ न्युज अनलाइनले जनाएको छ । हिजोमात्र अदालतले सजाय सुनाएको भएपनि घटना भने गएको जनवरी महिनामा भएको थियो ।

त्यो दिन आफुले अत्याधिक रक्सी पिएको र मातेपछि के भयो कुनै याद नरहेको अदालत समक्ष बलात्कारी युवकले बयान दिएका छन् । बलात्कृत नेपाली युवकले भने, सुतिरहेको अवस्थामा ती पाकिस्तानी साथीले जर्बजस्ती बलात्कार गरेको बताएका छन् ।

उनले अदालत समक्ष भनेका छन्, “सुतिरहेको अवस्थामा एक्कासी आफुँमाथी चढेर हलचल समेत गर्न दिएन ।” न्यायधीश इजात अब्दुलले अभियुक्त बलात्कारीले ५ बर्षको जेल सजाय भोगिसकेपछि निर्वासित गरिने निर्णय सुनाएका छन् । बलात्कारी युवकले पुनरावेदनको लागि १५ दिनको समय अवधी पाएका छन् ।
Read Full Discussion Thread for this article