Posted by: pagalpan December 31, 2014
२०१५ का १५ कसम
Login in to Rate this Post:     0       ?        
१ -आफ्नो कामको मूल्याङ्कन भएन भनेर रुँदै हिड्ने छैन । काममै आनन्द खोज्नेछु ।
२- मेरो ठिक समय आको छैन भनेर उदास हुने छैन । समयलाई आफ्नो बनाउनेछु ।
३- अतित जति सुन्दर, बर्तमान जति कुरुप र भविष्य जति अन्धकार देख्ने छैन ।
४- आफ्नो गल्ति नस्विकारेर, त्यसैलाई मलजल गर्न अनेक कुर्तक गर्दे हिँड्ने छैन ।
५- आफूलाई मात्र महत्वपूर्ण काम लिएर धर्तिमा आएको ठान्नेछैन, अरु पनि
महत्वपूर्ण काम लिएरै आएका हुन् भन्ठान्नेछु ।
६- गल्ति औल्याउने सबै शत्रु हुँदैनन् र प्रसंसा गर्ने जति सबै मित्रु हुँदैनन्, बुझ्नेछु ।
७- नयाँ बाटो हिँड्नलाई नयाँ जुत्ता कुरेर बस्नेछैन । कतिले खाली खुट्टा नै अनेक उकालीओराली हिँडेका छन्, बुझ्नेछु ।
८ -सबैले बलेको आगो ताप्छन् भनेर दुखी हुनेछैन । कहिलेकाही दोष चाँडै निभ्नेको पनि हुन्छ । त्यसैले सधैँ बलिरहने कोसिस गर्नेछु ।
९- मेरा कुरा कसैले बुझेनन् भनेर आक्रोशित हुनेछैन । आखिर किन बुझेनन् ? गम्भिर सोच्नेछु ।
१० -अघिपछि ठट्टा गरेपनि कामलाई गम्भिरतापर्वूक गर्नेछु । तर, अघिपछि गम्भिर भएर कामलाई ठट्टा गर्ने छैन ।
११ -यो धर्तिको अन्तिम सत्य नै मै हु र म बिना यो धर्ति चल्ने छैन, भनेर चिन्ता गर्नेछैन । अहिले चिहानमा हुनेहरुले पनि त्यस्तै सोच्थे ।
१२- समस्या आउने बित्तिकै हतास हुने छैन । समस्या पहिलो बस चढेर आएको हो, दोस्रो बसमा अवश्य समाधान पनि आउँछ भनेर आफूलाई संयम राख्नेछु ।
१३- अरुले जस्तो खोज्छन्, त्यस्तो बनेर हिँड्ने छैन । आफूभित्र जस्तो छु, बाहिर पनि त्यस्तै बन्नेछु । त्यसलाई मन पराउने पनि मान्छे हुन्छन् तर भेट नभाको भनेर आशाबादी बन्नेछु ।
१४ -नयाँ जुत्ता लाउने बित्तिकै कुकुरलाई लात्ति हान्ने छैन । जतिसुके ठूलो भोकमा पनि जति सुकै थोरै खानाबाट पनि सन्तुष्ट हुन कुकुरबाट सिक्नेछु ।
१५ -र, नयाँ बर्षको खुशीयालीमा पोलपोलमा पिसाव फेर्दे हिँड्ने छैन । त्यो कुकुरको व्यक्तित्व हो, भन्ने बुझ्नेछु ।
(अन्तमा उहि कुरा-- यो अँग्रेजी बर्ष २०१५ मा यि कसम खाऊ । होइन भने नेपाली नायँ बर्ष आयो भने ७२ वटा कसम खानुपर्छ फेरि । शुभकामना। :D)
साभार
Read Full Discussion Thread for this article