Posted by: blue_moon December 30, 2014
के शरणअर्थी को पास्पोर्ट renew हुनुपर्छ?
Login in to Rate this Post:     0       ?        
here is the lawyer point of view

अमेरीकामा एजाईलीको स्टाटस पाएको नेपाली नागरिकले फेरी नेपाल जानुपर्दा नेपालको पासपोर्ट प्रयोग गर्न पाऊने कि नपाऊने ??
- बिनोद रोका, Attorney at Law, न्यूर्योक

अमेरीकामा एजाईलीको स्टाटस पाएको नेपाली नागरिकले फेरी नेपाल जानुपर्दा नेपालको पासपोर्ट प्रयोग गर्न पाऊने कि नपाऊने- भन्ने विषयमा अमेरीकामा प्राय चर्चा परिचर्चा हुने गर्दछ। यसै बिच चाडै नै एमआरपी पासपोर्ट नबनाएमा पुरानो नेपाली पासपोर्टबाट विदेश भ्रमणगर्न नसकिने भन्ने कारणले गर्दा पनि नेपालीहरुले आफनो पासपोर्ट नविकरण गराऊने वा नया बनाऊने काम गरि रहेका छन। अमेरीकामा शरणार्थीको स्टाटस पाएका व्यक्तिहरुले सम्वन्धित निकाय समक्ष गै नेपाली पासपोर्ट नविकरण वा नया बनाऊनका लागि अनुरोध गर्दा हाल यस्ता व्यक्तिहरुलाई नेपाली पासपोर्ट दिइएको छैन भन्ने सुनिन्छ। र यसरी नेपाली नागरिकलाई नेपालकै पासपोर्ट नदिईनु कानुनन हुदैन भन्ने गुनासाहरु छापामा आऊने गरेको पाईन्छ।
मेरो बिचारमा अमेरीकामा एजाईजीको स्टाटस वा सोको आधारमा ग्रिनकार्ड पाएको नेपालको पासपोर्ट भएको व्यक्तिले अमेरीकाबाट बाहिर जानुपर्दा नेपालको पासपोर्ट होईन कि Refugee Travel Document(RTD) प्रयोग गर्नु पर्दछ। यदि यस्को ठाऊमा शरणार्थीले नेपालको पासपोर्ट नै प्रयोग गर्ने हो भने उस्ले आफुले अमेरीकामा शरणार्थीकोको स्टाटस पाऊनका लागि नेपालमा रहदा त्यहाको
सरकार वा सरकारले पनि नियन्त्रण गर्न नसकेको व्रि्रोही समुहले विगतमा निजको जात, धर्म, राष्ट्रि्यता, कुनै निश्चित सामाजीक समुह, जस्तो सेना वा प्रहरीका परिवार, भुतपर्ुव सेना वा प्रहरी वा अन्य समुह, जो स्पष्ट रुपबाट चिनिन सकिन्छ, को सदस्यता वा राजनैतिक बिचारधाराको आधारमा यातना पाएको र भविष्यमा पनि त्यस्ता यातना दिईने प्रबल सम्भावना धभिि ायगलमभम ाभबच रहेको छ भन्ने तथ्य पुष्टिका लागि दिएको घटना विवरण र त्यसलाई प्रमाणित गर्न पेश गरिएका प्रमाणहरु dmुठृा रहेछन भनि अनुमान गर्न सकिने बलियो आधार बन्दछ। यसरी गरिएको अनुमान विश्वसनिय देखिएमा पुन अमेरीकी अद्यागमन विभागले छानविन गरि व्यक्तिलाई दिएको स्टाटस बदर गरी देश निष्कासनको लागि कार्वाही चलाऊन सक्दछ।

अमेरीकामा एजाईलीको स्टाटस पाएका र एजाईलीको स्टाटसबाट ग्रीनकार्ड पाएका व्यक्तिहरुले प्राय सोध्ने गर्नुहुन्छ नेपाली पासपोर्ट लिएर नेपाल गएर अमेरीकामा प्रवेश गर्दा कुनै अपठ्यारो पर्छ कि पर्दैन- जवाफमा अमेरीकी पासपोर्ट लिएर जादा राम्रो हुन्छ। नेपाली पासपोर्टको आधारमा आवतजावत गर्दा पछि अपठ्यारो पर्न सक्छ भन्ने गर्दछु। फेरी प्रश्नकर्ताको सवाल हुन्छ फलानो फलानो त नेपाली पासपोर्ट र अमेरीकी ग्रीनकार्ड लिएर आऊने जाने गरेका छन केही समस्या भएन रे अमेरीकामा प्रवेश गर्दा, एजाईलीको स्टाटस त माओवादीको कारणले पाएको हो नेपाल सरकारले दिने पासपोर्ट लिदा के हुन्छ र-आदि। तर ज जस्लाई समस्या परयो ती व्यक्तिहरुको वारेमा प्रश्नकर्तालाई थाहा जानकारी भएको हुन्न। किनकि एजाईलीको स्टाटस पाएका नेपालीले ग्रीनकार्ड पाएपछि नेपाली पासपोर्टको आधारमा नेपाल गएर अमेरीका प्रवेश गर्दा ऋद्यए का अधिकारीहरुले ग्रीनकार्ड लिएर रिमोभल अर्थात अमेरीकाबाट निष्कासन गरिनु पर्छ भनि अद्यागमन अदालतमा कार्वाही चलाएको मुद्दामा आफैले प्रतिरक्षा गरेको छु।

एजाईलीले अमेरिकाबाट बाहिर जानुपर्ने भएमा इम्रि्रेशन र्सर्भिसबाट पर्ुव स्विकृती लिएर अर्थात च्त्म् लिएर जानुपर्ने हुन्छ। किनकि आई १३१ फाराममा स्पष्ट रुपबाट च्त्म् को व्यवस्था रिफ्युजी। एजाईली र यस्को आधारमा अमेरीकाको ग्रिनकार्ड पाएका व्यक्तिहरुका व्यक्तिका लागि भनिएको छ। च्त्म् को अवधि १ बर्षो लागि मान्य हुने गर्दछ। यस्तो अनुमति पत्र लिएर अमेरिका बाहिर छोटो समयका लागि गएको व्यक्ति पुन अमेरिका र्फकन पाउछ। सामान्यतया च्त्म् अमेरिका छोडनु अगाडी नै लिनुपर्ने हुन्छ। यद्यपी अपवादको रुपमा समय र परीस्थिति हेरी अमेरिका बाहिर पनि पाउन सकिने हुन्छ। तर च्त्म् पाएकै आधारमा अमेरिकामा प्रवेश पाईन्छ नै भन्ने चाहि होइन। किनकि एजाइलीले पोर्ट अफर् इन्ट्र्ीमा ऋद्यए अफिसरको सोधपुछमा चित्तबुdmदो जवाफ दिइ पास भने हुनैपर्ने हुन्छ।

त्यस्तै एजाइलीको आधारमा ग्रीनकार्ड पाएका व्यक्तिले पनि च्त्म् लिएर अमेरिका बाहिर जान सक्दछ। तर यसरी आफुले यातना पाएको वा पाउने सम्भावना रहेको देशमा फर्किएर गै पुन अमेरिका आएको अवस्थामा भने एजाइलमबाट पाएको ग्रीनकार्ड बदर हुन पनि सक्ने हुन्छ। किनकि एजाइलमको आधारमा पाएको एजाइली स्टाटस व्यक्तिले ग्रीनकार्ड लिइसकेको भएपनि बदर हुन सक्दछ। किनकि भय र डर छ भनिएको देशमा स्वतन्त्रतापर्ुवक जान पाउन सक्ने भएमा एजाइलीले देखाएको डर वास्तविक एवं वस्तुगत रहेनछ भन्ने अनुमान गर्न सकिने हुन्छ। यस्का अतिरिक्त एजाइलम पाएका व्यक्ति आफनै स्वइच्छाले यातना पाउने भनिएको देशमा सुरक्षित र व्यवस्थित रुपले रहन थालेमा पनि ग्रीनकार्ड बदर हुन सक्ने सम्भावना रहन्छ। जस्तो कि त्यस्तो देशमा स्थायी बसोवास गर्ने हैसियत पाएमा, वा उक्त देशमा स्थायी बसोवास गर्न पाउने अन्य व्यक्ति सरहको अधिकार र कर्तव्य भयरहित रुपमा उपभोग गर्न पाउने सम्भावना रहेको पाइएमा।

एजाइलमको आधारमा ग्रीनकार्ड पाएका व्यक्तिले यातना पाउने सम्भावना रहेको भनिएको देशमा गै पुन अमेरिका प्रवेश गर्दाको अवस्थामा ऋद्यए अफिसरले त्यो देशमा जादा सुरक्षित रहे नरहेको विषयमा प्रश्न गर्न सक्दछन। यसरी सोधपुछ गर्दा व्यक्तिले दिएको उत्तरमा भयरहित रुपमा बसोवास गरेको पाइएमा ऋद्यए ले कतिपय अवसथ्ामा यस्ता व्यक्तिहरु एजाइलमबाट पाएको एजाइलीको स्टाटस रद्द गरिने कार्बाही चलाउन सक्दछन। तर्सथ एजाइली र यसबाट ग्रीनकार्ड पाएका व्यक्ति आफुले यातना पाउने सम्भावना रहेको भनिएको देशमा अमेरिकी नागरिक नभएसम्म छोटै समयका लागि भएपनि फर्केर जादा जोखीम उठाउनु पर्ने देखिन्छ।

अत यस्तो अवस्थामा अमेरीकामा एजाईलीको स्टाटस पाएका र यस्को आधारमा ग्रीनकार्ड लिएका व्यक्तिहरुले अमेरीकाभन्दा बाहिर जानुपर्दा ९च्त्म्० लिई भारत लगायतका अन्य भ्रमण गर्ने मुलुकको भिषा लिएर जानु ऊचित हुन्छ। मेरो जानकारीमा आए अनुसार सल्लाह दिइएका व्यक्तिहरुले भारत जानका लागि सजिलै संग भारतीय कन्सुलर अफिसबाट भिषा पाएको सुनेको छु। अमेरीकाको शरणार्थी परिचयपत्र र नेपालको पोसपोर्ट देखाएर नेपाल र भारत लगायतका अन्य देशमा आवत जावत गर्ने गरेमा अमेरीकी नागरिक्ता लिने बेलासम्म पनि संकाको घेरामा पर्न सकिन्छ। र यसरी संकाको घेरामा परिएम्ाा ऋद्यए ले स्टाटस बदर गरी देश निष्कासन गरी पाऊ भन्ने मुद्दा चलाऊन सक्ने सम्भावना रहन्छ। मेरो बिचारमा चिनी रोग लागेको भनेर ठहर गरिएको व्यक्तिले मिर्ठाई खादा के हुन्छ भन्नु र खानु भन्दा त्यस्लाई नछुनु नै उचित हुन्छ। त्यसैले अमेरीकामा एजाईलीकोे दर्जा पाएका वा सोको आधारमा यहाको ग्रीनकार्ड लिएका व्यक्तिले अमेरीकाको नागरिक भै अमेरीकी पासपोर्ट लिएर वा च्त्म् को आधारमा भिषा लिएर अमेरीका बाहिर जानु सुरक्षित हुन सक्दछ।

ंबिनोद रोका, न्यर्ूयाेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा र्एटनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकर्ीर् इम्रि्रेशन बार एशोसियसन एवं न्यूर्योकर् इम्रि्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षा रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तर्सथ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दार् इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

nepalmother.com
Read Full Discussion Thread for this article