Posted by: blue_moon December 17, 2014
के शरणअर्थी को पास्पोर्ट renew हुनुपर्छ?
Login in to Rate this Post:     0       ?        
राहदानी नविकरण नहुँदा अमेरिकाका नेपाली आक्रोसित
Setopati

अमेरिकामा राजनीतिक शरणार्थी लिएका र तीनका परिवारलाई सरकारले मेसिन रिडेवल पासर्पोट (एमआरपी) नदिएकोमा यहाँ बस्ने नेपालीहरू सरकारप्रति आक्रोशित भएका छन्।

नेपाली जनसम्पर्क समिति कोलोराडो च्याप्टरद्धारा आइतवार आयोजित कार्यक्रममा सहभागी नेपालीले आफ्नो जाय जेथा नेपालमा रहेको र अल्पकालिन रुपमा वस्नका लागि शरणार्थी लिनुपरेको अवस्थामा सरकारको यस्तो रवैया दुभार्ग्यपुर्ण भएको बताए।

यहाँ राजनीतिक शरणार्थी लिनु भनेको कानुनी रुपमा बस्नका लागि मात्र हो भन्ने सम्वन्धित निकायले नवुझ्दा अप्ठ्यारो परेको उनीहरुले बताए। आउने नोभेम्बर महिनादेखि हातले लेखेको राहदानी उपयोग गर्न सकिदैन। शरणार्थी लिनेले प्रकृया पुरा गरेमा पाँच बर्षपछि मात्र अमेरिकाको पासपोर्ट लिन योग्य हुन्छन्। तर, वासिंटन डीसीस्थित नेपाली दूतावास र न्यूओर्कमा रहेको कन्सुलेट जनरल कार्यालयले शरणार्थी छाप लागेको पासपोर्ट नविकरण गर्न इन्कार गर्दै आएको छ।
कोलोराडो बस्दै आएका लोककुमार रेग्मीले अमेरिका बस्ने सयौं नेपाली पासपोर्ट नविकरण नहुँदा अप्ठ्यारोमा परेको बताए। यो समस्या तत्काल सम्वोधन नभए यस्ता सयौं नेपाली प्रति ठूलो अन्याय हुने उनले दुखेसो पोखे।

जनसम्पर्क समितिका उपाध्यक्ष धर्मराज श्रेष्ठले यो पासपोर्ट नविकरण मुद्दा प्रमुख समस्याका रुपमा आएको बताए। 'प्रधानमन्त्रीलाई जानकारी गराउँदासमेत अहिलेसम्म सम्वोधन नहुनु दूर्भाग्यपुर्ण हो,' श्रेष्ठले भने। झण्डै १ वर्षदेखि अमेरिकामा शरणार्थी पाएका र तीनका परिवारको राहदानी नविकरण भएको छैन।

यस बारेमा पराराष्ट्र मन्त्रालयले हालसम्म दिने निर्णय गरेको छैन। वासिंटनस्थित नेपाली दूतावासका कर्मचारीले गृहमन्त्रालयसँग पनि यो विषय सम्वन्धी रहेकाले यो निर्णयमा ढिलाई भएको बुझिएको बताए। अब छि्ट्टै यसवारेमा सकारात्मक निर्णय हुने आशा हामीले गरेका छौ,' ती कर्मचारीले भने। नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले यस समस्या वारे प्रधानमन्त्री सुशील कोइराला न्यूओर्क आउँदा आफूहरुले उठाएको जानकारी दिए। 'प्रधानमन्त्रीले त्यसवेला परराष्ट्रसँग कुरागरी यो समस्या तत्काल हटाउने आश्वासन दिनुभएकेा थियो,' विष्टले भने, 'तर अहिलेसम्म किन समस्या अड्केको छ यसवारेमा पुन: दवाव दिन्छौ।

राहदानी नविकरण रोक्नुपर्ने कुनै कारण नरहेको वताउँदै विष्टले यस्तो हुनु दुर्भाग्यपूर्ण रहेको बताए। अमेरिकामा करिव ५ हजारभन्दा बढीले शरणर्थी लिएको अनुमान छ। यसवाहेक युरोप र अष्ट्रेलियामा पनि नेपालीले शरणर्थी लिएका छन्। यसरी शरणार्थी पाउनेले परिवार पनि ल्याउन पाउँछन्। शरणार्थी लिनेलाई भन्दापनि राहदानीमा छाप हुने तीनका परिवारले एमआरपी पाएका छैनन्।

प्रकृया पूरा गरेर नेपालबाटै आउने शरणार्थीका परिवारको राहदानी नविकरण नगर्नू कुनै तर्कले पनि नमिल्ने नेपालीहरुको भनाई छ। नेपाली दूतावास डीसीमा एमआरपी लिनेको चाप निकै बढेको छ। प्रति महिना एक हजार भन्दा बढीको आवेदन आइरहेको ती कर्मचारीले वताए। यहाँ एमआरपी लिन २ महिनाभन्दा वढी समय लाग्ने गरेको छ। दूतावासमा नविकरणका लागि आएका निवेदन संकलन गरेर प्रत्येक महिना दुई पटक नेपाल पठाउने गरिएको छ।

Do you guys agree that they should be allowed to renew their passport? Are all Nepali are refugees? According to United Nations Convention Relating to the Status of Refugees has adopted the following definition of a refugee
" [A]ny person who: owing to a well-founded fear of being persecuted for reasons of race, religion, nationality, membership of a particular social group, or political opinion, is outside the country of his nationality, and is unable to or, owing to such fear, is unwilling to avail himself of the protection of that country"

How true is this for Nepalese?

Last edited: 17-Dec-14 09:10 AM
Read Full Discussion Thread for this article