Posted by: pagalpan December 13, 2014
some real life ka jura haru
Login in to Rate this Post:     0       ?        
from brtnepal.com bata
जम्का भेट भयो कुनै दिन तिमी एक्लै थियौ मार्गमा
खोला तर्नु हुँदा थियौ त्यस घडी अन्यौल अन्यौलमा
रोयौ साथ दिनुस् भनेर गहमा आँसु जमाईकन
बोकी तारिदिएँ परेन जलको थोपा तिमीले छुन

अप्ठ्यारो जब पर्दथ्यो तब तिमी भन्थ्यौ नछोड्नुस् भनी
बाटोमा भरियै बनेँ कति गरेँ सुम्पें सबै जीवनी
मायाँले दिल पग्लिएर मुखले भन्थ्यौ म तिम्रै भएँ
बाचा खुब ग-यौ प-यौ शरणमा ढुक्कै म ढुक्कै रहेँ

बाटोमा जब भिर या असजिला गौंडाहरू आउंथे
अर्को साथ थिएन ती नजर मैं देखेर टोलाउँथे
बाटैमा प्रभु भेटियो प्रभु भनी भन्थ्यौ मलाई तिमी
मेरो देव भनेर आदर गरी पुज्थ्यौ मलाई तिमी

हामी प्रेम पिएर आपस मिली हिंड्दैथियौं साथमा
यी हाम्रा मुटु चल्दथे सँगसँगै त्यो हात यो हातमा
यौटा दुर्घटना भनूँ कि घटना ऐले तिमी छुट्टियौ
क्वै अर्कै प्रभु भेटिएछ पथमै छोडी मलाई गयौ

ढुङ्गा या जड मुर्तिका त भगवान् हुन्छन् हजारौँ थरी
रोजै फेर्न सकिन्छ फेर भगवान् धन्दा तिमी त्यै गरी
मेरोचाहिं त एकमात्र भगवान् छन् प्रेम छातीभरि
पूजा गर्दछु भक्तिभाव दिलको जाँदैन कैल्यै मरी -




Last edited: 13-Dec-14 04:18 PM
Last edited: 13-Dec-14 04:20 PM
Read Full Discussion Thread for this article