Posted by: IT_Guy November 4, 2014
पुराना दिनहरु याद गर्दा (कक्षागत गीतहरु)
Login in to Rate this Post:     3       ?         Liked by
साझाबासी मित्रहरुलाई कति याद छ कुन्नि ?

(कक्षागत गीतहरु) 

कक्षा १: 
हामी धेरै साना छौ ! हाम्रो मुटु सानो छ !
यो सानो मुटुमा बिशाल देश छ | 

कक्षा २: 
कति राम्रो हाम्रो देश | आफ्नै बोलि आफ्नै भेष 

कक्षा ३: 
(खोइ के हो याद भएन| साझाबासी मित्रहरुलाई याद छ कि ?)

कक्षा ४: 
नेपाल आम कहिँ छ घाम कहिँ छ छाया हे
परन्तु सारा सन्तान माथि एउतै माया हे 


कक्षा ५: 
यो  मेरो  देश  नेपाल  हेर  कति  छ  रमाइलो | 
यो  मेरो  देश  नेपाल  हेर  कति  छ  घमाइलो |


कक्षा ६: 
देशको माटो रम्न सके रम्छ नेपाल 
यहि माटो गल्न सके बन्छ बिशाल 


कक्षा ७:
हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ 
पहरा बोल्छ, छहरा बोल्छ, नेपाल बोल्दछ 
 
कक्षा ८:
तराई हेर कति राम्रो हरियो बन हुनाले 
पहाड हेर झनै राम्रो गुराश फुल्नाले 

कक्षा ९:
हे बिर हिड अघि सरि नहातई पाउ रतिभरि
यो मातृभूमि नेपालको भै बिर पराक्रमी सन्तति 

कक्षा १०:
जय जय काली जय जय गोरख 
हाम्रा रगत ले कोरिएका पाइलाहरु मेटेर मेटिन्न 

सामुहिक गान:
हट्ने होइन डटी लड्ने नेपालीको बनि हुन्छ 






Last edited: 04-Nov-14 01:00 PM
Read Full Discussion Thread for this article