Posted by: happylotus007 October 26, 2014
खुट्टा ढोग्ने प्रथा अविकसित मुलुकमा मात्र किन ?
Login in to Rate this Post:     4       ?         Liked by
बिकाश र अबिकाश भौतिकतामाँ मात्र सिमित राख्नु हुदैन / भौतिकताको साथै आचरण को बिकाशलाई पनि महत्व दिनु पर्दछ / पुर्बिय सभ्यता नीति, आचरण, र अनुसासनमा निकै नै धनि छ वा भनौ पुर्बिय सभ्यताको बिम्ब नै आचरण को बिकाशमाँ जोड़ दिनु हो / हाम्रा ऋषि मुनि बुद्ध अरहंत सबैले एउटै कुरालाई जोड़ दिए - भौतिक सुख भन्दा सदाचरण को सुख धेरै नै दिगो र दीर्घ कालीन हुन्छ / यसै सन्दर्भमाँ खुट्टा ढोग्ने प्रथा कसरी बिकाश भयो बुझ्नु जरुरी छ / पूर्वीय दर्शन अनुसार खुट्टामाँ ढोंग प्रायश आफुले आदर गर्नु पर्ने ब्यक्ति जस्तै बुवा आमा आदिलाई सम्मान स्वरुप गर्ने गरिन्छ/ यसो गर्दा ढोग्ने ब्यक्तिको घमण्ड, वा भनौ ईगो केहि हदसम्म भएपनि झुकेको, कम भएको हुन्छ , जून कुनै ब्यक्तिको खुसी बढ़ाउन मद्दत गर्दछ किनकी ईगो, घमण्ड आदि नै दुखको स्रोत हुन / र साथ् साथै जसलाई ढोग गरिन्छ उहा प्रति पनि आदर र सम्मानमा वृद्धि हुन्छ जुन आबस्यक पनि हो/ त्यसैले ढोग गर्ने चलन हाम्रो देश वा समग्रमा पुर्बिय सभ्यताको नै एक अमुल्य सम्पति हो जस्तो लाग्छ मलाई, गरिबीको प्रतिबिम्ब होइन/
Read Full Discussion Thread for this article