Posted by: Ritto Haat October 16, 2014
अब सधैं नियमित हुन्छु, बल्ल बुद्दि फिरे जस्तो l
Login in to Rate this Post:     1       ?         Liked by
महिनौ पछि याद गर्ने , साहुको ब्याज तिरे जस्तो,
त्यहि पनि खुसि कहाँ ? रातो प्याज चिरे जस्तो l

कहिले कहीं घुर्क्याउन बेला -बेला हराऊँदा,
जन्ती हरुको भिड भित्र नयाँ पठ्ठो छिरे जस्तो l

कोहि-कोहि खस्याक-खुसुक आपसमा कुरा गर्दा ,
भन्छन कोहि- कोहि हेर्न त्यो त ठ्याक्कै बिरे जस्तो l

साझाको यो चौतारामी आउने -हराउने धेरै भयो,
अब सधैं नियमित हुन्छु, बल्ल बुद्दि फिरे जस्तो l

कहिले कहीं घुर्क्याउन बेला -बेला हराएनी ,
अब सधैं नियमित हुन्छु, बल्ल बुद्दि फिरे जस्तो l
**** रित्तो हात ****
Read Full Discussion Thread for this article