Posted by: Fuel Tank May 16, 2014
ध्वाँसे
Login in to Rate this Post:     1       ?         Liked by
प्रिय फुच्चे केटो , 
धेरै पछी बल्ल साझामा आएको हुनाले तिम्रो अरु कथाहरु पढ्न पाएको छैन | बिस्तारै समय निकालेर पढ्ने छु | तिम्रो ध्वाँसे कथाले एउटा थप पाठक र प्रसंशक पाएको कुरा भन्न चाहन्छु | तिम्रो कलम निकै नै तिखारिएको छ र धेरै तिम्रो लेखाईले कायल छन् | तिम्रा सबल  पक्षहरु धेरै छन्,  तिमीलाई पनि थाहा छ होला | मैले यहाँ एउटा कमजोरी औंल्याउन खोज्दै छु |
पात्रले पात्र कै बोली बोल्नुपर्छ, लेखकको हैन | जस्तै यहाँ  साँहिली मगर्निले भनेको "उनीहरु सँग वन्दुक थियो, शक्ती थियो। म सँग त सतित्व पनि थिएन, ध्वाँसेले ध्वाँसो दलदिएको मेरो कालो चरित्र, अझै पनि म यो सम्वन्ध सहि गलत छुट्याउन सक्दिन! यो वाक्य पात्रको स्तर भन्दा धेरै माथीको छ | यो वाक्य पात्रको वाक्य होइन, लेखकको हो |
"भैंसी थाकेको ३ महिना भयो, म थाकेको ३ बर्ष भयो, दुध कहाँबाट ल्याउँ" भनेर गाउँको शिक्षकलाई भन्ने उसको स्तर हो भनेर पहिले नै चित्रित भै सकेको छ |

-फियुल ट्यांक 

Read Full Discussion Thread for this article