Posted by: fucheketo May 3, 2014
ध्वाँसे
Login in to Rate this Post:     3       ?         Liked by
त्यो कालो साँझ- सिमा न्यौपाने काफ्ले

"तँलाई हेर्न केटा आउँदैछ रे !" रिनाले मलाई जिस्क्याई। चैतको महिना,उखपात गर्मी त्यसमाथी केटाको कुरा म पसिना पसिना भएँ।

"गर्नु छैन मलाई विहे सिहे !" म रिसाए जस्तो गरेँ।

"केटा पढाउँछ अरे !"

"कहाँ सुनेकी ?" मेरो मनमा चासो वढेर आयो।

"हिजो वुवा आमा कुरा गर्दै हुनुहुन्थ्यो !"

"तर मलाई त अझै पढ्न मन छ !"

"ठिकै त हो नी ,केटा पढाउने तँ पढ्ने , रातभरी पढेर वस्नु !" उ खितित्त हाँसी।

"चुप लाग्!" मैले उसको ढाडमा प्याट्ट हिर्काएँ।तर मेरो आफ्नै मन चुप वसेन , हजारौँ प्रश्न मलाई एकैचोटी सोधिरह्यो। मेरो शरिरभरी काउँकुति लगाइरह्यो, मलाई तरंगित वनाइरह्यो।

************** **************** ************** ***************** ************** *
उ सोझो थियो। चश्मा लगाएको, कपाल चपक्क परेर कोरेको,मैले उसलाई पर्दा भित्र वाटै नियालेकी थिएँ।चुच्चो नाक,उ वोल्दै गर्दा आफ्नो चश्मा आफ्नो चोर औँलाले मिलाउँथ्यो विचविचमा।केहि रमाइलो कुरा आए मुसुक्क हाँस्थ्यो।थोरै अत्तालिएको जस्तो पनि देखिन्थ्यो।मलाई पहिलो नजरमा नै उ मन पर्यो ।मैले विहे नगर्ने विचार उसलाई देख्ने वित्तिकै त्यागिदिएँ। एक नजरमा नै उ "उ" वाट "वहाँ" वन्नुभयो।मैले एउटा मात्र प्रश्न सोधेँ वहाँसँग
"तँपाइ मलाई विहे पछि पनि पढ्न दिनुहुन्छ कि दिनुहुन्न?"

वहाँले मुस्कुराएर टाउको हल्लाउनुभयो । मेरो जीवनमा एउटा रमाईलो मोड आयो।
************** ***************** ************** **************** ****************
रातो रेशमी सारीमा घरवाट विदा गरे मलाई। मैले आफ्नो नयाँ घर वनाएँ।वहाँको वुवा आमा सानैमा वितिसकेकोले घरमा हामी दुई मात्र थियौँ। दुई जना अनि हामी विचको माया , घर स्वर्ग जस्तै लाग्न थाल्यो।घरको छेवैमा वहाँले पढाउने स्कुल थियो। अनी थोरै दुरीमा म पढ्ने कलेज। म कलेज गएको वेला घरको सवै काम गर्नुहुन्थ्यो ।स्कुलको अनुशासन र परिक्षा प्रणाली लगायत स्कुलको गुणस्तर वढाउनमा वहाँले गरेको योगदानको सवैजना तारिफ गर्थे। मलाई मन मनै अचम्म लाग्थ्यो । मान्छे यति सरल ,सहज कसरी हुन्छ? मैले पक्कै पनि पुर्वजन्ममा धेरै पुण्य गरेकी हुनुपर्छ। मेरो जीवन यति राम्ररी वितिरहेको छ। तर मान्छेले भविष्य देखेको हुँदैन। जीवनका थोरै पलहरुलाई कहिलेकाहिँ मान्छे सम्पुर्ण जीवनको अंश मान्ने भुल गर्छ।मैले पनि त्यहि भुल गरेँ।

****************** *************** ********************** ***********************
त्यो साँझ वहाँ र म घरमैँ थियौँ।वाहिर झ्याउँकिरी कराउन थालेका थिए एकनासे तरिकाले!!अचानक ढोका ढक ढक गर्यो।

"को हो ?" मैले भित्रवाटै सोधेँ।

"हामी सरकै विध्यार्थी, सर हुनुहुन्न ?"

वहाँ पनि वाहिर निस्किनुभयो। ढोका खोल्नुभयो।

"एक छिन ल मिस , सरसँग प्राइभेट कुरा गर्नु छ!" दुई जना ढोकामैँ वसे , अरु दुई जनाले वहाँलाई वाहिर लिएर गए।थोरै टाढा ,जहाँ वाट उनीहरुले वोलेको स्पष्ट तर सानो स्वरमा सुनिन्थ्यो।

"सर कति किचकिच गर्नुहुन्छ, यो महान क्रान्तिको लागि हामीले धेरै मागेको पनि त होइन !"

"म सँग यति पैसा छैन भाइ हो, मैले स्कुलमा आउँदा पनि भनेकै हो!"

"स्कुलको खातामा छ नि त सर !"

"त्यो मैले चलाउन काँ मिल्छ त ?"

"मिल्न त गरे पछि जे पनि मिल्छ सर ! स्कुलमा के के हुन्छ हामीलाई सवै थाहा छ !"

"तिमीहरु नचाहिने कुरा गर्छौ! यो क्रान्ति के का लागि ,हामी जस्तालाई चुस्न ? आर्मी आउँछ हामीलाई नै हैरान, तिमीहरु आउँछौ हामीलाई नै हैरान !" अचानक वहाँ रिसाउनु भयो। मलाई डर लागेर आयो, उनीहरुसँग हतियार पनि होला। किन रिसाउनु भयो? नरिसाउनु पर्ने! म वाहिर निस्किन खोजेँ । ढोकाका दुइ जनाले मलाई वाहिर निस्किन दिएनन्।

"वढ्ता वोल्छस् खुइले ,चुप लागेर वसेको त गनगन पो गर्दो रैछ , चन्दा दिन्छस् कि दिन्नस् ?"

"मैले तिमीहरुलाई सिकाएको यहि नै हो स्कुलमा ?"

"स्कुलमा राम्ररी पढाउने भए, सरकार राम्रो भए हामी जस्ताले जंगल पस्नु पर्थ्यो ?"

"तिमीहरुले राम्ररी सिक्नु पनि त पर्यो नि पढाको कुरा !"

" मेरो स्कुलको रिस त अझै वाँकी छ, घुँडा टेकार मेरो कपाल काटेको हैन ?ओई खुकुरी ले ले, यस्लाई पनि घुँडा टेकार घाँटी काट्छु अव, यसै पैसा दिएन, उसै दिएन।शहिद वनाइदिम् यसलाई !"

"नाईँ !!!!!" म अचानक चिच्याएँ। ढोकाका दुई जनाले मेरो मुख थुने।

टाढावाट अनौठो चिच्याको आवाज आयो। आवाज वहाँकै थियो।मेरो वरिपरि अँध्यारो छायो जीवन एउटा ठूलो शुन्यतामा छिरे जस्तो!!!




Read Full Discussion Thread for this article