Posted by: kumale April 9, 2014
Help Govinda Raj joshi
Login in to Rate this Post:     0       ?        
Rishiram Pokhrel
नेता जोशीको योगदानको कदर गरौं
नेपाली काँग्रेसको प्रतिवन्धित जिवनदेखि नै राष्ट्रियता प्रजातन्त्र समाजवाद र राष्ट्रिय एकताका लागि आफ्नो व्यक्तिगत जिवन अइसआराम सुख वैभव र शिक्षक जागिरलाई समेत परवाह नगरी नेपाली जनतालाई संगठित गर्दा पञ्चायती व्यवस्थाका शासकहरुले शिक्षक जागिरमा टिक्न नदिएको इतिहास भोगेका नेपाली काँग्रेसका दुःख पाएका कार्यकर्ता मध्ये गोविन्दराज जोशी पनि एक हुन् ।
२०४६ सालमा नेपाली राजनीतिमा आएको परिवर्तन पछि राजनीतिको केन्द्रमा रहेका गोविन्दराज जोशीकै पालामा नेपालले प्रविधिक एवं व्यवसायीक शिक्षा पद्धति र वहुविश्वविद्यालय नीति अनुकरण गरेको थियो । शिक्षा मन्त्री हुँदा मात्रै होइन जलश्रोत मन्त्री हुँदा जलश्रोत नीतिमा ल्याएको परिपर्वतन गृहमन्त्री हुँदा सुरक्षा नीतिमा ल्याएको सुधार सम्बद्ध क्षेत्रका विज्ञहरुलाइ नै बढी थाहा भएको कुरा हो । नेपाली काँग्रेसका कार्यकर्ताले महसुस गरेको कुरा के हो भने नेपाली काँग्रेसको केन्द्र जिल्ला र क्षेत्रसम्मको भौतिक संरचना तयार गर्ने गोविन्दराज जोशी हो । जागिर खुवाएको सवाल त खानेहरुले नै महसुस गरेको सबाल भयो । जोशीले राष्ट्रिय हितमा केन्द्रित रहेर देश र जनताको स्वाभिमान बचाएर काम गर्दा पाएको सफलताले अनेक खालका दुःख हैरानी र भ्रष्ट्राचारको मुद्धा लागेको वास्तविकता अरुले नबुझेपनि देशकै जुवा खेल्नेहरुले बुझेको छन् तर सार्वजनिक रुपमा स्वीकार गर्न नसक्ने कुरा आफ्नो ठाउँमा छ । किन भने भ्रष्ट्राचारको मुद्धा लाग्न पर्नेहरु राष्ट्रघाती भए वापत उन्मुक्ति पाएको नेपाली राजनीति बुझ्ने सबैलाइ जानकारी भएको तथ्य हो ।
डोल्पाको दुनै र लम्जुङको भोर्लेटारमा जनताको जीउधनको रक्षाका निम्ति कर्तब्य पालन गरिरहेका सुरक्षाकर्मीहरु माथि भएको सांघातिक आक्रमणमा सम्पूर्ण राष्ट्रको ध्यानाकर्षण भएका बेला सोझासीधा निहत्था नेपाली जनताको ज्यूधनको सुरक्षा गर्नुपर्ने दायित्ववोधका साथ गृहमन्त्रीको भूमिका निर्वाह गर्दा नैतिकताको प्रश्न उठाई राजीनामा मागिएको बेला त्यो राजीनामाले प्रजातन्त्र र संसदीय व्यवस्थाकै अस्तित्व त समाप्त गर्दैन भन्दै नेपालका बुद्धिजिवी नागरिक समाज र राजनीतिज्ञहरुको ध्यानकर्षण गराउँदै २०५७ साल असोज ३ गते गृहमन्त्री पदबाट राजीनामा दिएर पद र प्रतिष्ठाका लागि राष्ट्रीय र व्यक्तिगत स्वाभिमान बन्धक नराख्ने राजनीतिज्ञ पनि गोविन्दराज जोशी नै हुन् ।
नेपाली काँग्रेसको संगठनिक सुदृढिकरण र स‌स्थागत अस्तित्व निर्माणमा सफल बनेका नेता गोविन्दराज जोशीको अभाव नेपाली काँग्रेसको संगठनमा आज खड्केको सबैलाई महसुस भएको छ । राष्ट्र नेपाली जनता र प्रजातन्त्रको अहित हुने अवस्थामा अरुको निर्देशनमा काम गर्न नसक्दा नेपाली राजनीतिको परिदृष्यबाट उनलाइ ‌‍ओझेल पार्न लगाएको भ्रष्ट्राचारको मुद्धासंग साहासिक लडाई लडेका दृढ निष्चयी आत्मबल भएका नेतालाई लाखौमा एक जनालाई हुने यो डरलाग्दो Disseminated Histoplasmosis (डिसेमिनटेड हिसटोप्लाजमोन्सिस) रोग लागेर भारतको मेदान्त अस्पतालमा उपचार गराउन परेको छ । त्याहा लाग्ने खर्च धान्न नसकेर सहयोगको लागी अपिल गर्न पर्ने अवस्था आएको छ । यो अवस्थामा नेता गोविन्दराज जोशीबाट सहयोग पाएका उनको सहयोग तोक आदेश र निर्देशनमा जागिर खाएर आफ्नो जिवनस्तर चलाएका उठाएका सबैमा आफ्नो कर्तव्यवोध हुने बेला आएको छ । साथसाथै प्रजातान्त्रिक आन्दोलनका कठिन दिनमा संगै यात्रा गरेका सहयात्रीहरु र नेपाली काँग्रेसको उज्ज्वल भविष्यको कामना गर्ने सबैमा नेता जोशीलाइ परेको दुःखको यो बेला आफ्नो कर्तव्यवोध हुनुपर्ने बेला आएको छ ।
भिमसेन थापाको पालादेखि हामीले नेपालको राजनीतिक इतिहास पढ्यौ भने नेपाल र नेपाली जनतप्रति इमानदार सपूतहरुले सेरिएर मर्न परेको इतिहास हाम्रो सामू छ । सतिले सरापेको देश भनेर देश र जनताप्रति इमानदार हुँदा के फल पाइन्छ भनेर आज हर राष्ट्रवादी डराउन परेको छ । यस्तो बेला हामीले नदेखेको नबुझेको तर अखबवारी हल्लाका आधारमा बनाएको हाम्रो धारणामा परिवर्तन गरेर दुःखमा परेको एउटा राजनीतिकर्मिप्रति गुण र दोषको आधारमा स्वच्छ मनमष्तिषकले निष्पक्ष भएर न्याय गरौं । प्रतिवन्धित कालमा र बहुदल आएपछि शिक्षा मन्त्री स्थानीय विकास मन्त्री गृहमन्त्री जलस्रोत मन्त्री हुँदा लगाएको गुनको स्मरण गरौं । वैगुनलाइ मानवीय कमजोरी भनेर सम्झौं । उनको योगदानको कदर गरौं । सबैले एक मनले शीघ्र स्वास्थलाभको कामना गरौं । सकिन्छ भने सार्वजनिक रुपमा आर्थिक सहयोगका लागि गरेको अपिलको कदर गरौ ।
Read Full Discussion Thread for this article