Posted by: shirish March 3, 2014
The Slander of Dilshova
Login in to Rate this Post:     3       ?         Liked by
आखीरमा सपै दोषी !
१। सडकका बृद्दहरु पालन पोषण गर्ने - समाजसेबी दीलशोभा दोषी  ! बृद्द मात्र पाल्ने संस्थामा जुम्लाका बच्चाहरुको हेरचाह गर्नु पर्ने बाध्यतामा परेका दिलशोभा दोषी ! राम्ररी बोल्न नजान्ने, हिसाब राख्न नजान्ने, कानून नजान्ने तर अरुलाई माया, माया, माया गर्ने दिलशोभा दोषी !
२। बाल कल्याण समितिले आफै चिट्ठी लेखेर बृद्द पोषण संस्थामा बाल बच्चा हेरि दिनू भन्ने तर पछि दर्ता नगरेको अभियोग लगाउने बाल कल्याण दोषी !
३। बिजय कुमार र रबिन्द्र मिश्र जस्ता पत्रकार जस्ले परोपकारी दिल शोभालाई पब्लिक फिगर बनाई दिए - ति दोषी !
४। एकतर्फी कुराको आधारमा, बिरामीको हेरचाहलाई पठाएको "बुढी"को आधारमा "यौन दूराचार आरोप पुष्टी" भनेर समाचार लेख्न हतार गर्ने नागरीक न्यूजका KP Dhungana र प्रधान सम्पादक prateek pradhan दोषी ! अझ जनताले कुरा नबुझेको भनेर जनतालाई बेबकुफ बनाउने प्रतीक झनै दोषी !
५। पानी, बिजुली आपुर्ती गर्न नसक्ने, शहरका खातेहरुको ब्यबस्था गर्न नसक्ने तर मापदण्डको कुरा गर्ने सरकार दोषी !
६। ती आश्रमका बृद्दहरुका समृद्द छोराछोरीहरु दोषी !
७। दिल शोभालाई आर्थीक सहयोग गरेर अनियमितता गर्न उन्मुख स्वदेशी तथा बिदेशी दाता/ दातृहरु दोषी !
८।  सो आश्रमको सर सफाई, बृद्दहरुको हेरचाहमा सुधार गर्ने, अरु न्युनतम आबश्यकताहरु पूरा गर्न तिर उन्मुख हुन सकिने तर नियत ठीक नभएका पदाधिकारिहरु दोषी !
९। त्यो फोन रेकर्ड बहिनी (गुरुड्ग) गर्ने दोषी !
१० ।  के पी ढुङ्गाना, "बाहुन"ले जातिय दिलशोभा माथी गरेको सुनियोजित षडयन्त्र हो भन्दै के पि को ज्यान लिने धम्की दिने जाति बादीहरु दोषी ! 
११ । राधीका मानन्धरलाई थला पर्ने गरि बिरामी पारी दिएका "क्यान्सर" दोषी ! समय दिन नसकेका उनका छोरा छोरी, बिदेश गएका नाती नातिना दोषी ! दिलशोभाको घरमा पटक पटक बस्न गएका ति दोषी - दिलशोभा संग सहयोग माग्ने राधिका मानन्धर दोषी !
१२ । दिलशोभा प्रति सहानुभुति जगाउने र अरुका निम्ति पनि केहि गर्नु पर्छ भन्ने भावना भएकाहरु सब्बै दोषी !

Read Full Discussion Thread for this article