Posted by: Rahuldai March 3, 2014
The Slander of Dilshova
Login in to Rate this Post:     1       ?         Liked by
https://www.youtube.com/watch?v=h1fbhn1AuOU#t=681
 
यो भिडियो हेर्नुस एक पल्ट र आफै मुल्यांकन गर्नुस | मेरो ब्रम्हले देखेको दुइचार बूँदा प्रधान सम्पादक प्रधानजी लाइ राख्न चाहन्छु | 

१. मैले जाने बुझे सम्म ( मेरो भाषिक ज्ञानले ) -यौन दुराचार आरोप छ भन्नु र समाज सेवाको आबारण मा यौन दुराचार गरेको तथ्य फेला पाएको भन्नु एकै होइन | 

२. मापदण्ड पुरा नभएको भनी स्वीकार गर्नु शाब्दिक अर्थमा गल्ती स्वीकार गरेको हुन सक्ला तर त्यहाँ शाब्दिक अर्थ भन्दा धेरैथोक छ | सरसफाईको प्रयास न पुग्नु भनेको के गल्ति गर्नु हो ??

३. यौन दुराचार भन्ने शब्दले प्रधान सम्पादकज्यू हेराइ मात्र लाइ बुझाउदैन... नेपाली पाठकहरु बिल्कुलै नबुझ्ने छैन | 

४. आशाराम बापूलाई यौन दुराचारमा पक्राउ गर्दा आशाराम बापु माथि आरोप लागाउने पीडित मान्छे आफैले उजुरी दिएको र गहिरो अनुसन्धान र प्रामाणहरु भेटीए पछी मेडियामा आएको र पक्राउ गरेको कुरा संग दिल शोभालाइ जोड्नु कहाँ सम्म ठिक हो ??

५. दिल शोभालाई मात्र हैन कसै माथि पनि मेडियाले प्रश्न उठाउन पाउँछ तर संगिन आरोप लगाउन अघि सत्यताको गहराई नाप्नु पर्दछ | नागरिकमा छापिए पछी , नागरिकमा सम्बादाताले समाचार सम्प्रेषण गरे पछी हामीले आरोप लगाएको हैन भन्न पाउनु हुन्न | 
 
Read Full Discussion Thread for this article