Posted by: San February 25, 2014
Setting up a fundraiser for Kathmandu Police SSP - Ramesh Kharel
Login in to Rate this Post:     6       ?         Liked by
We have heard a lot about SSP Ramesh Kharel. How he is working hard day and night to curb the crime and criminals in Nepal, inspite of facing tough resistance from politicians who are supposed to be in his side.

His passion to uphold the law is incredible and he deserves respect from all the loving citizens of Nepal, whether they are in Nepal or outside, and his actions should be made into an example so that there are more policemen like him who do everything they can to uphold the law and to reduce the crime on Nepalis who are already victim of bad and corrupt system.

That is why, I am entertaining an idea to do a fundraiser to say thank you to SSP Ramesh Kharel, from all Nepalis living abroad, for taking good care of our motherland.

Corrupt forces are trying to stop him from the right and left but he has been standing steadfast. I think some show of support would be good for him.

How many of you support this idea? We can move forward with this if there is some interest shown.



खरेलको प्रहरीभित्रै विरोध,खरेललाई सरुवा गर्न प्रधानमन्त्री सुशील कोइरालासम्म दबाब


काठमाडौं प्रहरीले ‘गुण्डागर्दी नियन्त्रण अभियान’ चलाएपछि संगठित गुण्डागर्दी गर्दै आएका गुण्डा नाइके तथा उनीहरुका सहयोगी भूमिगत हुन थालेका छन् | काठमाडौँ प्रहरी प्रमुखका रुपमा एसएसपी रमेश खरेल आएपछि उनले गुण्डागर्दी नियन्त्रण अभियान सुरु गरेका थिए ।
 
खरेलले सुरु गरेको उक्त अभियानका क्रममा हालसम्म ४८ गुण्डा नाइके पक्राउ परिसकेको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ । पक्राउ पर्नेमा तेजेन्द्र गुरुङ, शुक्रबहादुर लामा ‘बाघे’ लगायत छन् । यता, गुण्डा नियन्त्रण अभियानका कारण भूमिगत हुनेमा चर्चित गुण्डा नाइकेहरु दीपक मनाङगे, गणेश लामा, रमेश बाहुन, दिनेश अधिकारी ‘चरी’, कुमार घैंटे, माइला लामालगायत छन् । उनीहरुका केही महत्वपूर्ण सहयोगी भने प्रहरी हिरासतमा छन् । पक्राउ पर्न बांकी केही सहयोगीलाई भने गुण्डा नाइकेहरुले सुरक्षाका लागि पोखरा, चितवन र धरान पठाएको सूचना आफुहरुलाई आएको प्रहरीले जनाएको छ ।
 
पक्राउ पर्न बांकी गुण्डा नाइकेहरुले पनि आफ्नो कोठा छाडी सकेका प्रहरीले बताएको छ । गुण्डा नाइकेहरु धमाधम भूमिगत भएपछि उपत्यकाका व्यापारी हप्ता बुझाउनु पर्ने बाध्यताबाट मुक्त भएका छन् । प्रधानमन्त्रीको कार्यालयबाट गएको दबाबलाई समेत बेवास्था गेरेर खरेलले अभियानै चलाएपछि भागाभाग भएका गुण्डा नाइकेहरु भने खरेलललाई हटाउने योजनामा छन् ।
 
गृह मन्त्रालय कसले हात पार्छ र सो मन्त्रालयमा मन्त्री भएर आउनेलाई कसरी आफ्नो पक्षमा पार्ने भनेर यतीबेला गुण्डा नाईकेहरु मन्त्रीमण्डलको पूर्णता पर्खेर बसेका बताइएको छ । स्रोतका अनुसार राजनीतिक संरक्षण पाउने गरेका भनिएका उनीहरु यतिबेला कसरी खरेललाई काठमाडौं प्रहरी प्रमुखबाट च्युत गराउने भन्ने राजनीतिक लविङमा छन् ।
 
पक्राउ परेका डन तथा उनीहरुका सहयोगी छुटाउन तथा खरेललाई सरुवा गर्न प्रधानमन्त्री सुशील कोइरालासम्म समेत दबाब पुगिसकेको छ । यसैबिच, जनताबाट वाहीवाही पाइरहेका खरेलको प्रहरीभित्रै भने विरोध हुन थालेको छ । राजनीतिक दबाबलाई समेत अस्वीकार गरेर निष्टापूर्बक काममा रहेका खरेलले घुसका साथै हप्ता उठाउन नदिएपछि उनको आफ्नै संगठन भित्र बिरोध हुन थालेको स्रोतको दाबी छ ।
 
जनतामाझ लोकप्रिय बन्दै गएका खरेलको ब्यक्तित्व थप चुलिने र आफ्नो अबैधानिक कमाई धन्दामा अबरोध आउन थालेपछि एसएसपी खरेल प्रहरी संगठनभित्र बिरोधको सामना गरीरहेका छन् ।



Read Full Discussion Thread for this article