Posted by: ThahaChaena January 30, 2014
कविता - म एउटा मान्छे
Login in to Rate this Post:     2       ?         Liked by
हजारौं मान्छेहरुको हुलमा हराएको म एउटा अर्को मान्छे
हजारौं गलतिहरुको सुलमा झुन्डिएको म एउटा मान्छे
हजारौं रगतहरुको मुलमा डुबिरहेको म एउटा मान्छे
हजारौं सपनाहरुको झुलमा थुनिएको म एउटा मान्छे
भुल नै भुलमा डुबेर निसास्सीरहेको म एउटा मान्छे
हजारौं मान्छेहरुको हुलमा हराएको म एउटा अर्को मान्छे ।।

भोगलाई मायाको आवरन ओडाउने म एउटा मान्छे
चाहनालाई आवश्यकताको सर्वनाम बनाउने म एउटा मान्छे
भावनालाई सपनाको कात्रो ओडाउने म एउटा मान्छे
फेरी सपना तेही बेची एक्लै एक्लै आँफै रमाउने म एउटा बहुला मान्छे
हजारौं मान्छेहरुको हुलमा हराएको म एउटा अर्को मान्छे ।।

- थाहा छैन

(एउटा कोशिश न हो.... गलती भए सच्याई पाउँ)

Read Full Discussion Thread for this article