Posted by: metta November 21, 2013
जित्ने छाँट नदेखेपछि एमाओवादीद्वारा उपत्यकाको मतगणना 'बहिष्कार'
Login in to Rate this Post:     0       ?        
हार्नु अघिसम्म माओबादी डाँकाका सरदार पोस्ट बहादुर बोगटीले यस्तो भनेको थियो:

एमाओवादीलाई ठूलो झट्कापीडीएफमुद्रणइमेल

नयाँ पत्रिका
काठमाडौं, ५ मंसिर

 

निर्वाचनको पूर्वसन्ध्यामा एनेकपा माओवादीले मेची–महाकाली अभियानमार्फत देशव्यापी रूपमा जनलहर सिर्जना गरेको ठानिएको थियो । तर, त्यसविपरीत पुराना संसद्वादी शक्ति कांग्रेस र एमालेको पक्षमा जनमत देखियो । पछिल्ला दिनमा एमाओवादीको प्रचार अभियानमा सहभागी भएका लेखक खगेन्द्र संग्रौला प्रारम्भिक निर्वाचन परिणामलाई अनपेक्षित बताउँछन् । 
नयाँ पत्रिकालाई प्रतिक्रिया दिँदै संग्रौलाले भने, ‘प्रारम्भिक नतिजा समग्र परिणामको एउटा सूचक हो भने नेपालमा संघीयतालाई संस्थागत गर्न जसको त्यति ठूलो अभिरुचि छैन, नतिजा तिनको पक्षमा गएको छ ।’
नेपालमा गणतन्त्र स्थापनादेखि लिएर संघीयता र धर्मनिरपेक्षताजस्ता एजेन्डालाई स्थापित गराएको एमाओवादीले नै हो । एमाओवादीको विपक्षमा देखिएको जनमतका कारण यी एजेन्डाहरूमाथि अब के प्रश्न उठेका हुन् त ? के जनता संघीयता र धर्मनिरपेक्षताको विपक्षमा उभिएका हुन् ? 
संग्रौला भन्छन्, ‘संघीयता र धर्म निरपेक्षताकै कारण पछि परेको हो मान्ने हो भने राणा शासन नै ठीक भन्नुपर्‍यो, पञ्चायत नै ठीक थियो भन्ने मान्नुपर्‍यो, राजा ज्ञानेन्द्रकै शासन उत्तम थियो भन्ने ठान्नुपर्‍यो ।’
उनले अगाडि भने, ‘परिवर्तनकारी शक्तिले आफ्ना एजेन्डाहरू जनतालाई अझै राम्रोसित बुझाउन सकेका रहेनछन् भन्ने मलाई लागेको छ । संघीयताले देश भत्किन्छ, जातीय सद्भाव खल्बलिन्छ भन्ने खालका जुन भ्रम जनतामा छन् त्यसलाई चिर्न नसकिएको हुन सक्छ । अर्को कुरा देशका ठूलो भन्ने मिडिया, मानवअधिकारकर्मी, कालाकोटधारी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले संघीयताविरोधी जनमत निर्माण गरिरहेको देखिन्छ ।’ 
एमाओवादीको पराजयमा विगतमा भएको पार्टी विभाजनको पनि धेरथोर प्रभाव रहेको मानिएको छ । पार्टीका वरिष्ठ नेता मोहन वैद्य किरणले थुप्रै केन्द्रीय नेताहरूसहित पार्टी फुटाएर नेकपा–माओवादी निर्माण गरेका थिए । वैद्यको पार्टीले निर्वाचन बहिष्कार गर्ने नीति लिएको छ । विभाजनले कति असर पुर्‍यायो होला त एमाओवादीलाई ? नेकपा–माओवादीका नेता देव गुरुङले धेरै टिप्पणी गर्न चाहेनन् । ‘असर परेको हुनसक्छ, तर यस विषयमा म टिप्पणी गर्न चाहन्नँ,’ उनले भने । पार्टीको नीति–विचारदेखि नेताको नैतिकतासम्म जनतामाझ प्रस्टीकरण भइसकेको भन्दै उनले त्यसैको प्रतिबिम्ब परिणाममा देखिने बताए । ‘तर यो चुनावको कुनै अर्थ छैन,’ उनले थपे । 
एमाओवादीका महासचिव पोष्टबहादुर बोगटी भने अन्तिम नतिजामा एमाओवादीको अवस्था सुधार हुनेमा ढुक्क छन् । उनी भन्छन्, ‘हुन त बिहानीले दिनको संकेत गर्छ भनिन्छ, तर कहिलेकाहीँ बिहान बादल लागेर दिउँसो घाम लाग्ने पनि हुन्छ । म अझै पनि विश्वस्त छु, अन्तिममा एमाओवादी नै पहिलो स्थानमा आउँनेछ ।’
तर तपाईंहरूले आशा गर्नुभएको धेरै क्षेत्रमा पछि परिसक्नुभयो नि ? भन्ने प्रश्नमा उनले भने, ‘अहिले बाहिर आएको नतिजा धेरै नै प्रारम्भिक हो । कहाँबाट भोट गन्न थालियो भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ । मेरो विचारमा अहिले अन्य पार्टीका प्रभाव क्षेत्रहरूको मत गनिएको छ । अन्तिमसम्म पुग्दा नतिजा उल्टिन्छ ।’


http://nayapatrika.com/index.php?option=com_content&view=article&id=13294:2013-11-21-06-17-31&catid=56:cover-story&Itemid=75


माओको पत्रिका नयापत्रिकाले एस्तो समाचार बनाएको थियो तर अहिले माओको ABC टि.वी. ले धादली भयो भनेर भनि राखेको छ रे:

सानदार रूपमा सफल निर्वाचनपीडीएफमुद्रणइमेल

अन्तत: संविधानसभाको निर्वाचनको आयोजना सानदार रूपमा सफल भएको छ । हिजो ४ मंसिरमा देशैभर सर्वसाधारण मतदाताले उत्साहपूर्वक निर्वाचनमा भाग लिए । निर्वाचन आयोगले प्रारम्भिक अनुमानका आधारमा झन्डै ६५ प्रतिशत मतदाताले आफ्नो अधिकार प्रयोग गरेको बताएको छ । यसले संविधानसभा र व्यवस्थापिका संसदमा पुग्ने सदस्यले जनअनुमोदन पाएका छन् । अब छिटै जननिर्वाचित सरकार बन्नेछ । र, देशले १४ जेठ ०६९ को रातिबाट थालेको अस्थिरता र अनिश्चयको यात्राबाट मुक्ति पाउनेछ । लोकतन्त्रलाई आधुनिक राज्य र नागरिक सम्बन्धको सबैभन्दा उपयुक्त विधि मानिन्छ । र, आवधिक मतदानका माध्यमबाट जनप्रतिनिधिहरू छनोट गर्ने तथा त्यस्ता प्रतिनिधिका माध्यमबाट राज्यका नीतिहरू निर्णय प्रक्रियामा सहभागिता जनाउँछन् । नेपालमा यसपटक राजनीतिमा देखिएको अन्योल र संविधान निर्माण प्रक्रियामा यसै मतदानमार्फत जनताले हस्तक्षेप गर्नेछन्, गरेका छन् । केही महिना पहिलेदेखि नै बहिष्कारको धम्की दिने राजनीतिक समूहका आक्रामक बयानहरू, देशैभर पछिल्लो महिना गरिएका बम विस्फोट, माइन विस्फोट, उम्मेदवारमाथिका आक्रमण, मतदातालाई दिइएको धम्की, निर्वाचन प्रचारमा पुर्‍याइएको अवरोध, दशदिने बन्द र हडताल, सहज रूपमा मानिसको आवागमनमा पुर्‍याइएको अवरोध तथा निर्वाचन प्रक्रियामा समेत भएको हस्तक्षेपका बाबजुद ६५ प्रतिशत मतदान हुनुले बहिष्कारवादीको राजनीतिक पराजय भएको छ । जारी राजनीतिक प्रक्रियाले विजय पाएको तथा सबैभन्दा महत्त्वपूर्ण कुरा त लोकतन्त्रको स्थायित्व र संस्थागत गर्ने प्रक्रियाले एक खुट्किलो सफलता हासिल गरेको छ । जनताले निर्वाचनमा सहभागिता जनाएर राजनीतिक स्थिरता र परिवर्तनलाई निर्वाचनका माध्यमबाटै साकार पार्न सकिन्छ भन्ने मत पनि जाहेर गरेका छन् ।

 

छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचनले लामो समयदेखि काठमाडांैको एउटा पाखे विचारी समूहले निर्वाचनको सफल आयोजनाका बारेमा उठाएको प्रश्न या ठड्याएको औँलो हिजैदेखि फतक्कै गलेको छ । यससँगै खिलराज रेग्मीको सरकारको गठनबारे चलाइएका वाहियात हल्लाहरूको पनि उपचार भएको छ । केही मानिसले रेग्मी सरकारको गठनसम्बन्धी चार दलीय संयन्त्रको निर्णयलाई लिएर भारतको खेल भन्दै निकृष्ट आरोप लगाएका थिए, शक्ति पृथकीकरणको सिद्धान्तको हवाला दिँदै यस सरकारको विघटन र खारेजीका लागि अभियान चलाएका थिए । तर, राजनीतिक बाध्यताका रूपमा स्वीकार गरिएको खिलराज रेग्मीको नेतृत्वमा रहेको अन्तरिम सरकारले अनेक चुनौतीको सामना गर्दै सानदार रूपमा निर्वाचन सफल बनाइदिएको छ । यससँगै उसका बारेमा उठेका प्रश्न स्वत: असान्दर्भिक बन्न पुगेको छ । यसका लागि खिलराज रेग्मीको सरकार र समग्र सुरक्षा संयन्त्रलाई बधाई दिनैपर्ने हुन्छ ।

 

साथै, निर्वाचन आयोगले पनि अनेक कमी–कमजोरीका बाबजुद संविधानसभाको सफलतापूर्वक आयोजना गरेको छ । यसपटक देशैभर पहिलेका संसदीय निर्वाचनहरूका तुलनामा शान्तिपूर्ण र उत्साहजनका रूपमा निर्वाचन सफल भएको छ । यसका लागि निर्वाचन आयोग, राजनीतिक दलहरू र मतदाता सबै बधाईका पात्र बनेका छन् ।

 

बाँकी कुराको फैसला मतगणनाले गर्ने नै छ । हाम्रो भाग्य अहिले केही हदसम्म मतपेटिकामा कैद रहेको छ । आशा गरौँ, मतपरिणाम परिवर्तन र अग्रगमन तथा राजनीतिक स्थिरताका पक्षमा नै आउनेछ ।

http://nayapatrika.com/index.php?option=com_content&view=article&id=13288:2013-11-20-06-53-29&catid=53:2012-04-22-06-38-41&Itemid=59

Read Full Discussion Thread for this article