Posted by: Geology Tiger August 31, 2013
फेरि पनि कुरा भूकम्पकै ...
Login in to Rate this Post:     0       ?        
भूकम्पीय जोखिमको दृष्‍टिले अत्यन्त खतरापूर्ण अवस्थामा रहेको भनिएको हाम्रो देशमा भूकम्पीय क्षति न्यूनिकरण गर्नको लागि गर्नुपर्ने आवश्यक व्यवस्थापन र तयारी कति लथालिङ हालतमा छ भन्ने कुरा हालै आएको एउटा मध्यम स्तरको भूकम्पले उदाङो पारिदिएको छ । भूकम्प गएको पुरै एक दिन बितिसक्दा पनि भूकम्पको केन्द्रबिन्दु र त्यसको मापन सम्बन्धमा फरक फरक सूचनाहरु प्राप्त भयो र वास्तविकता के हो त्यो थाहा हुनसकेन । जव कुन ठाउँमा र कत्रो भूकम्प गएको छ भन्ने कुरै यकिन हुनसक्दैन भने त्यसपछि गर्नुपर्ने उद्दारको कार्यक्रमहरु कसरी र केको आधारमा तयार गर्न सकिन्छ ? पत्रपत्रिका र संचारका अन्य माध्यमहरु मार्फत मात्रै सूचना प्रवाहित गर्दा कसरी गलत सूचना प्रवाहित हुनसक्छ भन्ने कुरा यो चोटि राम्रैसँग देखियो । भूकम्पमापन केन्द्र आँफैले कुनै पनि भूकम्प जाने बित्तिक्कै आफ्नो वेबसाइट मार्फत आम नागरिक र सरोकारवाला संस्थाहरुलाई त्यसको जानकारी उपलब्ध गराउनुपर्ने हो कि होइन ? तर दुर्भाग्य भूकम्पमापन केन्द्रको वेबसाइट बन्द छ । नेपालमा बेलाबखतमा भूकम्पीय क्षति कसरी न्यूनीकरण गर्ने भनेर सेमिनार, गोष्ठी आदी भइरहेको कुरा त पढ्न पाइरहेकै हो । तर यसको लागि चाहिने आधारभूत सूचना नै पाइदैन अथवा गलत सूचना पाइन्छ भने त्यस्ता गोष्ठी र सेमिनारको अर्थ् नै के रह्यो र ? राष्ट्रिय भूकम्पमापन केन्द्रले संकलन गरेको तंथ्याक केवल शोधपत्र तयार गर्नलाई मात्र त होइन होला ? नेपालीहरुको भाग्य नै भन्नुपर्ला यो चोटिको भूकम्प मध्यम स्तरको थियो । आशा गरौ भूकम्पमापन केन्द्रले चाडै नै आफ्नो वेबसाइट चालू हालतमा राख्नेछ र समयमै यस्ता भूकम्पहरुको यथार्थ जानकारी पाइनेछ ।


Read Full Discussion Thread for this article