Posted by: santoshlmn August 27, 2013
जिन्दगीसँग सत्कर्म मल्नु पर्ने रहेछ
Login in to Rate this Post:     6       ?         Liked by
उज्यालो दिन सक्न त जल्नु पर्ने रहेछ
आफू खरानी भएर बल्नु पर्ने रहेछ

मै हुँ भनेर घमण्ड गर्न त जो पनि सक्छ
निहुरन सक्नलाई फल्नु पर्ने रहेछ

चट्टानझैँ कडा भए त एकैनाश भैहाल्छ
हर आकार दिन त गल्नु पर्ने रहेछ

सधै अग्लो भैरहन्छु भन्नेलेपनि
एकदिन त गर्ल्याम्म ढल्नु पर्ने रहेछ

मरेर जान त सजिलो रे'छ, अमर हुन त
जिन्दगीसँग सत्कर्म मल्नु पर्ने रहेछ

http://merasabdaharu.blogspot.com/
Last edited: 27-Aug-13 08:54 PM
Read Full Discussion Thread for this article