Posted by: Geology Tiger June 30, 2013
अमेरिकामा रहेका नेपाली संस्थाहरुको औचित्य के हो ?
Login in to Rate this Post:     0       ?        
आकाश भाइलाई आग्रहको लागि धन्यवाद ... राम्रो कार्यको सुरुवात भएको रहेछ, सकेको सहयोग अवश्य गर्नेछु ... र यस्ता किसिमका अरु कार्यहरुमा सहयोग गरिरहेको पनि छु ..
तर म चाँही काम र कुरा दुवै गर्नुपर्छ भन्छु ... कुनै पनि कामको थालनी कुराबाटै हुन्छ ... एक्कै चोटि काम मात्र गर्ने भनेर हुँदैन ... हामी जति कुरा गर्छौ त्यो सबै कि त चाकडी चाप्लुसीका कुरा, कि त अरुलाई निचा देखाउन गरिएका कुरा, कि त त ठूलो र म ठूलो भनेर गरिएका कुरा ... मैले गर्न खोजेको कुरा चाँही काम कसरी गर्ने र के गर्ने भन्ने कुरा नै हो ... स्वस्थ्य चिन्तनले कुनै पनि कार्यको थालनी गर्न र त्यसलाई सुचारु राख्न मद्दत नै गर्छ ...

गीतमैजवाफ दिउ को साथीको अरु सबै कुरा मन पर्‍यो तर आदिकवि भानुभक्त सम्बन्धमा गरिएको तर्क चाँही चित्त बुझ्दो लागेन .... भानुभक्तले संस्कृतबाट हुबहु अनुवाद गरेका होइनन् बरु पुनर्लेखन गरेका हुन् र जुन समयमा भानुले त्यो कार्य गरे त्यो समयमा त्यति गर्नु नै ठूलो थियो ..
Read Full Discussion Thread for this article