Posted by: Rudramati June 20, 2013
पूर्वमन्त्री भेषबहादुर थापाका छोराको अमेरिकामा हृदयघातबाट निधन
Login in to Rate this Post:     0       ?        

काठमाडौं, ७ असार। पूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापाका छोरा तथा अमेरिकामा टनेल इन्जिनियरिङबाट ख्याति कमाएका भाष्कर थापाको बुधबार साँझ हृदयाघातबाट निधन भएको छ। थापाको ४९ वर्षको उमेरमा निधन भएको हो।

सन् १९८६ मै प्रसिद्ध कार्नेजी मेलोन विश्वविद्यालयबाट एमएस गरेका थापा सनफ्रान्सिस्को सहरस्थित ज्याकोब्स एसोसिएट्स नामक कम्पनीको उच्चतहमा कार्यरत हुन्थ्यो। नजिकैको ब्रकले सहरमा बस्दै आउनुभएका उहाँ बुधबार साँझ कार्यालयबाट फर्की टेनिस खेलेपछि आराम गर्ने क्रममा अचानक ढल्नुभएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै उहाँलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

अमेरिकाको शिकागो, सनफ्रान्सिस्कोलगायतका सहरमा थापाको डिजाइनमा उच्चप्रविधियुक्त टनेलहरू बनेका छन्। वासिङट्न डीसीमा बसोबास गर्ने एक पारिवारिक स्रोतका अनुसार अन्तिम संस्कारका लागि एक-दुई दिनमै शव नेपाल पठाउने तयारी भइरहेको छ।

www.hamrakura.com/105538.html


RIP
 

Read Full Discussion Thread for this article