Posted by: Geology Tiger June 19, 2013
Rest area in Major highways in Nepal
Login in to Rate this Post:     1       ?         Liked by
राजु म तिम्रो कुरासँग एकदम सहमत छु ..

ठीक छ अहिलेको परिस्थितीमा हामीलाई यो सोचाइ लागु गर्न गार्हो होला... तर असंभव छैन ...
हामी कहिलेसम्म बसबाट ओर्लेर खोला र झाडी पस्ने ?

हामीले जहिले पनि नेपालमा यो भएन त्यो भएन भन्छौ र फलानोले देश बिगार्यो, ढिसानाले खत्तम पार्यो भन्छौ । तर हामीले चाँही के गर्यौ त ?
मेरो विचारमा विदेशमा रहेका नेपालीले नेपालमा कि त पूँजी पठाएर सहयोग गर्न सक्छन् कि त प्रविधि सिकाएर ...

अब अमेरिकामा जति कमायो त्यति सकिन्छ, पैसा पठाउने त कुरै छैन बरु अरबमा गएकाले पठाउलान् । कम्तीमा पनि हामीले अमेरिका आएर देखेका र सिकेका कुराको बारेमा त नेपाल रहेकाहरुलाई सिकाउन सक्छौ ।

बसको टिकट काट्न देखि, सिटमा बस्न, बाटोमा खाना र बाटोमा दिसापिसाब गर्न सबैमा समस्यै समस्या ...

र अब बाटोमा रेस्टरुम र रेस्टएरियाहरु बनाउन भने पछि त्यसलाई दिगो रुपमा कसरी संचालन गर्ने र कसरी व्यवस्थित गर्न भन्ने कुरा आउछ ... यदि यात्रीहरुबाट शुल्क असुल्न थालियो भने फेरि पनि यात्रीहरु खोला र झाडीतिरै पस्ने संभावना बढी हुन्छ । बरु पेट्रोलियम पदार्थको बिक्रीमा लगाइएको कर अथवा रोडमा उठाइएको करबाट केही रकम स्थानिय निकायहरुलाई प्रदान गर्ने र त्यसबाट उनीहरुले यात्रीको सुबिस्थाको लागि यस्तो रेस्टरुम/रेस्ट एरियाहरु संचालनमा ल्याउन सक्छन् ।

यदि रेस्ट एरिया बनाउने हो भने कुनै पनि उपायद्वारा स्थानिय जनतालाई पनि सहभागी गराई त्यस्तो स्थानमा गाईभैसी चराउने देखि अन्य कुनै किसिमको विकृतिहरु हुन नदिने अवस्थाको सिर्जना गर्नुपर्छ । अनि यो कार्य गर्दा एकै चोटि नेपालभरि एकै साथ गर्नु पर्छ भन्ने पनि छैन, पहिले चुनिएका केही स्थानहरुमा नमूनाको रुपमा यसलाई प्रयोग गर्न सकिन्छ र त्यसबाट पाएका सफलता र असफलताहरु लाई अध्ययन गर्दै देशका अरु भागहरुमा पनि लान सकिन्छ ।

मेरो विचारमा यो आज नगरे पनि भोली गर्नै पर्ने कार्य हो र भोलीलाई नकुरेर आझै अगाडि बढाउन सके झनै राम्रो !
Read Full Discussion Thread for this article