Posted by: Rudramati June 18, 2013
कथा - र अन्तत: म पोइल हिंडें l
Login in to Rate this Post:     0       ?        
“के लिन्छौ शुभ!”
“अँ हजुर नै भन्नु न! एउटा कुरा भनुँ? हजुरले मलाई बोलाउँदा ‘शुभ’ मात्रै भनेको मलाई एकदम मन पर्छl मेरो बाबाले पनि मलाइ शुभ नै भन्नु हुन्थ्यो l”

 
भोक त थियो नै समयपनि कटाउनु थियो l हल्का गर्मि मौसमको आदेश अनुसार कोक, समोसा+तरकारीअर्डर गरें  दुइ भाग l शुभ आज अलिक बेसी नै चंचल लाग्दै थिइ l सामान्य कुराकानी भयो l कुरो कहाबाट सुरु गरौँ भन्ने अनमन्यस्क अवस्था पर्यो l एक छिन फेरी नियालें उसका ति प्यारा आखा l असाध्यै निर्दोष , असाध्यै चंचल पनि अनि गम्भीर पनि l सायद मैले जिन्दगिमा पहिलोपटक यस्ता आखा भेटें हुँला जो एकसाथ गम्भीर र चंचल छन l एकै पल असाध्य चम्किला ति आखा उसैपल भर्खर भर्खर निर्दयी हावाको झोंकाले हठात् निभाइदिएको मैनबत्तीको शिखा जस्तो जहाँ अझै निम्स्याइलो थोरै धुवाँ फुस्स सकिंदै छ l  मैले अनुमान लगाइसकेको छु कि एक साधारण फाइनान्समा पियन को काम गर्ने साधारण शुभश्री जति साधारण देखिन्छे त्यति वास्तबमा ऊ छैन l उसभित्र केहि हुर्हुराउँदो मुस्लो, केहि उकुसमुकुसका गुम्फनहरु , केहि कहालीलाग्दा विगतहरु या त जबर्जस्ति दबाइएका उच्च आकांक्षाहरु अवस्य छन् l मेरो उद्देस्य तिनै केहि पत्र उधिन्ने र उसको मनको बोझ अलिक आफुले सुनिदिएर आफ्नो गतिलो लेख तयार पार्ने  थियो l 

 
“शुभ! तिमीले मलाइ कसरि लिएकि छौ मलाइ थाहा छैन तर तिम्रो जानकारीको लागि, म एक साधारण तिमीजस्तै महिला हुँ l मेरो काम पत्रिकामा लेख्ने हो l खासगरी म महिलाहरुकै बारे लेख्छु, अझै जो दबिएका छन् , हेपिएकाछन् उनका बारे धेरै लेख्छु l यसो गर्दा एक त समाजभित्र महिलाहरुको यथार्थ के हो भन्ने देखिन्छ भने अर्को तिर सम्बधित महिलाहरुलाई बर्षौ देखि गुम्स्याईरहेको छटपटी भोगाई ब्यक्तागर्दा मन हलुको हुन्छ l बोझ कम्ति हुन्छ र साहस बृद्दी पनि हुन्छ भन्ने म मान्छु l तिमिलाइ कुनै दबाब होइन मेरो तर्फबाट तर यदि तिमीमा त्यस्तो केहि ब्यक्तगर्न , फुकाउन चाहिरहेको कुनै पाटो छ भने मलाइ शेयर गर l त्यसको साथै मलाइ एक राम्रो साथि मान्न सक्छ्यौ , आफ्ना दुख म संग बाँटन सक्छौ l अरु खास कुनै कारण होइन मैले तिमीलाई बोलाउनुमा l तिमि एकदम स्मार्ट छ्यौ l मलाई तिम्रो हाउभाउ तरिका मन पर्छ l”
अरु के के फत्फताएं कुन्नि शुभश्री एकाएक चंचलपनलाइ कतै थक्याएर अत्यन्त गम्भीर बनिसकेकी थिइ l “म्याम! मलाइ थाहा छ हजुर लेख्ने मान्छे भनेर l मलाई पनि हजुरले म प्रति राखेको चासोले खुसि बनाउछ l मैले नै हजुरलाई केहि कुरा भन्न खोजेको निकै भयो तर आँट आएकै थिएन l तर जब हिजो हजुरले त्यति भन्नु भयो अनि मैले साहस गरें l मेरोबारे जति हजुरलाई थाहा छ त्यति मात्रै म अवस्य होइन l म असल मा के हुँ र को हुँ भन्ने कुरो यो डायरीमा लेखेर राखेको छु l यो पढ्नुहोला l र लेख्न मन लागे लेख्नुहोला  l तर कृपया कतैपनि यो पात्र म हुँ भनेर नखुलाउनुहोला l  तर एक शर्तमा l यदि यो डायरी पढीसकेर हजुरले मलाइ घृणा गर्नुहुन्न भने मात्र l किनकि यो पढेपछि हजुरको नजर म प्रति बदलिन पनि सक्छ जो म चाहन्न l”  त्यसबेला म अव्यक्त खुसि भएँ l मलाइ शुभश्री ले गरेको बिस्वास ले झनै भाबुक बनायो l मैले कसैगरी उसलाई घृणा नगर्ने र मेरो  लेखमा उसको प्रत्यक्ष जिकिर नगर्ने वाचा पछी अहिलेलाई यतिनै भन्दै हुत्तिएर बिदा भइ l निकै बेर त्यो याक चुरोटको पेटीको गाता  भित्र लुकेको थोत्रो डायरी मुसारिरहें मानौ कोलम्बसले लामो यात्रा पछी हठात् अमेरिका भेटाएका हुन् र त्यो कोलम्बस म आफैं हुँ l 

 
साँझ डेरा फर्केर हात मुखै नधोई बिस्तारामा पल्टिएँ र बिस्तारै पल्टाएँ शुभश्रीको राज याने कि उसैको डायरी l डायरी खास दैनिकी लेखिएको थिएन l थियो त एक लामो न लामो संस्मरण थियो l
========
Read Full Discussion Thread for this article