Posted by: Rahuldai June 17, 2013
jalera mutu khak vayo re
Login in to Rate this Post:     0       ?        
 खाक— ना० ृफा०े १. कुनै वस्तु बेस्करी  बलिसकेपछि बाँकी
रहने क्षार  पदार्थ; खरानी; भस्म । २. माटो; धूलो ।

बृहत नेपाली शब्द कोष अनुसार यो शब्द नेपाली नै हो . त्यसो त खाक शब्द चलन चल्ती,आ कमै प्रयोग गरिन्छ तर साहित्यमा खासगरी गीत कवितामा यसको प्रयोग प्रचुर मात्रामा गरिएको भेट्न सकिन्छ  जस्तो -

नारायण दाइ को गीत मेरो कथा खाली खाली .. पिंजडामा खोज , मेरो ब्यथा भत्किएको मन्दिर लाइ सोध मा एक लाइन छ ... जली जली खाक हुने मैना बत्ति लाई सोध ....( गीतकार मन बहादुर मुखिया , संगीत- शान्ति ठटेल )

तर यो गीतको मुखारा नै गीत जस्तो लागेन . राहुल भाइ जान्ने भयो भनेर भनलाउ फेरी ... गीत भनेको बिशेष प्रकार को कबिता हो . सबै कबिता गीत हुन सक्दैन तर सबै गीत कबिता हुन् भन्छन . 

जलेर मुटु खाक भयो 
ठाउँ छैन तिमीलाइ राख्ने
मन भरि छुरा चल्यो 

लौ अब भन्नुस होस् पहिलो लाइन र दोस्रो लाइन को सम्बन्ध के छ ? दोस्रो  र तेस्रो लाइन को सम्बन्ध . शब्दहरु जबर्जस्ति कोचेर गीत /कबिता बन्छ कतै ??
आज को नेपाली गीत नचल्नु को एउटा कारण पनि रचना पक्ष साह्रै कमजोर भएर पनि हो . 
 
Read Full Discussion Thread for this article