Posted by: Rahuldai June 13, 2013
Login in to Rate this Post:
3
?
Liked by
बाघ मान दाइ ले मनको कुरा राखी दिनु भयो . मान्नुस या न मान्नुस फेसबुक पनि समाजको एउटा अभिन्न अंग भासैकेको छ नै . कसै कसैलाई त यो दुर्ब्यसन नै भैसक्यो . फोटो. प्रोफाइल र स्टाटस लाई लाइक गर्ने र लाइक गर्न रिक्वेस्ट पठाउने , बिहान बिहानै निद्रा रुपी तपस्या भंग गर्ने भन्दा पनि भयाबह स्थिति तथाकथित साहित्यकारहरु र तिनका धुपौरे मण्डलीको देख्दछु .
जति सुकै झूर फट्यास वाइयात बकम्फुसे कबिता- गज़ल भए नि "वाह वाह अति भाव पूर्ण , एक दम सटिक , निकै सुन्दर " भनी कमेन्ट हान्नेहरु को झुण्ड नै हुन्छन . एउटा ठुलै गिरोह ले एक अर्काको लाइक र कमेन्ट हान्दै कथित महान साहित्यकार कहलिने धेरै घायल र श्री हरु तपाइँ देख्न सक्नु हुने छ . तिनीहरुमा लाज शरम पटक्कै हुन्दैन रहेछ . दुइ चार जना महान कहलिएका साहित्य सेवकहरुले २ बर्ष देखि हरेक महान रचनामा मलाइ पनि ट्याग हानिरहेका छन् , तर म महान पाठक र महान चम्चा परिन एउतै पनि कमेन्ट र लाइक हानिन , अथवा मेरो हैसियत भएन . तै पनि ट्याग हान्न छोडेका छैनन् . मानौ ट्याग हान्ने तिनको नैसर्गिक अधिकार हो र तिनको "महान" रचना पढने पर्ने मेरो दायित्व . पढेर के बिग्रिन्छ र पढी दिन्छु .
Last edited: 13-Jun-13 09:05 AM