Posted by: ashishme June 11, 2013
ज्ञानेन्द्र शाह माथी चप्पल प्रहार !!!
Login in to Rate this Post:     0       ?        
राजविराज स्थित होटेल स्टार डिलक्सबाट निस्केका पूर्व राजा सहितको टोलीमाथि विद्यार्थी संगठनहरुले होटल बाहिर ढुङ्गामुढा गर्नुका साथै चप्पल हानेका हुन्। पूर्वराजाको सप्तरी बसाइँमा विद्यार्थीहरुले लफडा गरेपछि पूर्वराजाले सोमवार साँझ राजविराजको राजदेवी मन्दिरमा गर्ने भनिएको पूजा हुन सकेन। भोलि बिहान सो मन्दिरमा उनी जाने बताइएको छ। विद्यार्थीहरुको चर्को विरोधकाबीच सोमवार बिहान सप्तरी सदरमुकाम राजविराज आइपुगेका पूर्व राजा शाहलाई सप्तरीमा भव्य स्वागत गरिएको छ। सदरमुकाम राजविराज सहित जिल्लाका विभिन्न चोक सयौको संख्यामा जम्मा भएका राजावादी तथा सर्वसाधारणले शाहलाई फुलमालाले स्वागत गरेका हुन्। जिल्लाको कदमाहा, कडरबोना, कुसहा, कल्याणपुर, कठौन, शम्भुनाथ, रुपनी, तोपा, हनुमाननगर, योगिनियाँ, भारदह, रुपनगर, कञ्चनपुर, सहित राजमार्गका विभिन्न चोकहरुमा पूर्व राजा र राजपरिवारको पक्षमा नाराबाजी गर्नेहरुको ठूलो उपस्थिति थियो।

आफू चढेको गाडी आफै चलाएका पूर्व राजाले समर्थकहरुलाई पूर्ण उत्साहका साथ हात हल्लाउँदै गरेको देखियो। समर्थकहरु उभिएका प्रत्येक चोकहरुमा उनले गाडि रोकेर आफ्ना प्रशंसकहरुको फूलमाला सहितको स्वागत तथा अभिनन्दन स्वीकार गरेका थिए।




http://www.facebook.com/profile.php?id=100004456844135&hc_location=stream
Read Full Discussion Thread for this article