Posted by: Rahuldai April 10, 2013
*** Announcement: Rahulvai and Confused_Soul are recognized for their story in Sajha Writer Appreciation Month
Login in to Rate this Post:     4       ?         Liked by
 सान दाई 
 
धन्यबाद, कथा सम्मान कार्यक्रम  आयोजनाको लागि र १०० $ को उपहारको लागि . नतिजा घोषणाको केही समयमै इमेल मार्फत उपहार प्राप्त भयो. जमाना साइबर युग कै रहेछ. पुन: एक पल्ट धन्यबाद . 
 
सान दाइ को सतप्रयासको जति प्रशंसा गरे पनि कम हुन्छ. तपाइँको पहिलो प्रयास थियो, कमि कमजोरी धेरै थिए, भए होलान . कतिपय कुरामा व्यक्तिगत रुपमा मलाई पनि चित्त बुझेको थिएन. तै पनि  स्रोत, साधन र परिस्थितिको सीमा भित्र यो कार्यक्रम सरहानिय नै मान्नै पर्छ. 
 
सुरु देखि नै मैले यस कार्यक्रममा भाग लिन्न, बिबादित हुन सक्छ मेरो उपस्थिति भनेको थिएँ. " दाइ को उपस्थितिले अरुलाई प्रेरणा मिल्छ, साझा को रौनक बढ्छ " भन्ने तपाइँकै आग्रह र सुझावमा एउटा कथा पोखेको थिएँ . 
 
प्रतियोगिताको सुरु देखि नै केही उप-बुज्रुकहरुले यो राहुल भाईलाई नीचा देखाउन हात खुट्टा धोएर लागेका थिए . भोटिंगको सुरु मा निकै कम मत हुँदा -राहुलभाइ हार्ने भयो , रुँदै आउने भयो - भने .  त्यति बेला जोड संग ताली  ठोके .

राहुल भाइ ले जिन्दगीमा धेरै थोक हारेको छ, केही मात्र जितेको छ.. एउटा कथा प्रतियोगिता हार्दैमा लेख्न छाड्ने व्यक्ति हैन म . जित हार त जिन्दगी को रीत हो. 
 
जब हिजो सान दाई ले नतिजा घोषणा गर्नु भयो . फेरी एक हूल उप बुज्रुकहरु आएर -" राहुल भाइले थर्काई , फकाई , रोइ कराई भोट मागी मागी जिते " भनेर बिल्ला हान्न छोडेनन.  राहुल भाई मत माग्दै हिड्ने नेता श्रेणीमा पर्दैनन. 
 
आदरणीय सम्पूर्ण पाठक तथा भोट दिनु हुने मित्रहरु 
 
सम्भवत त मेरो उत्कृष्ठ रचना थिएन . तै पनि मन पराइ दिनु भै मत दिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्न चाहन्छु . तपाइँहरुलाई नै थाहा होला , मैले मत को लागि याचना गरें वा गरिन भन्ने कुरा . आगामी दिनहरुमा तपाइँहरुको सदभाव सदा रहने छ भन्ने बिश्वास लिएको छु . 
 
Read Full Discussion Thread for this article