Posted by: nepalilaure April 5, 2013
[Sajha Answers] I am Rekha Thapa
Login in to Rate this Post:     0       ?        

छबिजी को अन्तरबार्ता रैछ:
http://kantipuronline.com/saptahik/article/?id=10185


रेखासँग डिभोर्स गरेको भन्नुहुन्छ, अनि फेरि सँगै देखिनुहुन्छ, डिभोर्स स्क्यान्डल मात्र हो ?


हाम्रो मन मिल्छ तर तन मिल्न सकेको छैन, अलग-अलग बस्छौं, तर काम सँगै गरिरहेका छौं। त्यही भएर सँगै देखिएको हो। एकपटक भेटेको  मानिसको त माया लाग्छ भने १२ वर्ष लोग्ने-स्वास्नीकै रूपमा बसेपछि अहिले अलग हुँदैमा भेट्नै नहुने भन्ने त छैन नि। अहिलेको सम्बन्ध  साझेदारका रूपमा मात्र हो, पछि गएर त्यो नहुन पनि सक्छ।

रेखासँगको सम्बन्ध जमेकै देखिन्थ्यो तर त्यो पनि टिकेन, खास कारणचाहिँ के थियो ?

रेखासँग १२ वर्ष सँगै रहे पनि उहाँसँग म मुस्किलले चार वर्ष मात्र साथ रहें होला, यसबीचमा रेखाले १ सय ५० वटा चलचित्रमा काम  गरिन्। ५०भन्दा बढी राष्ट्र घुमिन्। रेखासँग विवाह गरेपछि रेखाजी लोग्ने म स्वास्नीजस्तो भएर बस्यौ। रेखा मिल्न पनि जान्नु हुन्न, छुट्टनि पनि  जानुहुन्न, मिलेपछि मन-पेट नै दिने, झगडा परेपछि चिन्दै नचिनेझै गरी निहुँ खोज्ने। उहाँमा अहिले पनि बच्चाकै स्वभाव छ। त्यही नमिलेर  आ-आफ्नो बाटो लाग्नुपरेको हो।

Read Full Discussion Thread for this article