Posted by: somewhereondearth March 12, 2013
दमयन्ती
Login in to Rate this Post:     1       ?         Liked by
भाग २

तिमीले दिएको अन्तिम विषेशण जस्तो गम्भिर म कहिले थिइन । म त मनमोजी थिंए । जानिनु, चिनिनु मेरा सन्तुष्टिका अवयव थिए । म खुल्ला दौडन्थे, उफ्रन्थे, मचिन्थे । जागिर भयो, गज्जबको । एक्लो अल्लारे, मेरा बानि छिप्पिए । जीवन उत्सव थियो अनि यौवन आरति । म माझिंदै गए, कुरा गर्न, कुरा बुन्न । यौवन छिप्पिदै जाँदा यस्ता ब्यक्तिगत निपुणताले दिशा लिन थाल्दछन् । अनि तिनै परिचय बन्दछन, ब्यक्तिका । मानिस त्यसमा रमाउँन थाल्दछ । कसैको जीवन यीनै परिचयमा गुज्रिन्छ । कोहि छोटो समयमा यसको भेउ पाउँछन् । कोहि घटनाले मात्र बिउँझिन्छन् । म तेस्रो फेरा मा परे । तिमी सँगको सम्बन्ध पछि, म बिउँझिए । त्यहि बेला मैले मेरो परिचय हराउँदै गए, आफैं सँग अपरिचित हुँदै गए ।  


साथीको जन्मदिन, कोहि कसका तर्फबाट, कोहि कसका तर्फबाट । म एक्लै गएको थिँए । मेरो कौशलता यौवन चिन्नुमा थियो, सौख चाख्नुमा । कालो चोलो, मेरो पहिले आँखा तिम्रो वक्षमै थियो । तिमी भरिएको यौवन बोकेर आएकि थियौ, मेरो तारो बनिहाल्यौ । अरुको म जान्दिन, म मोहित भए । तिमी  पनि एक्लै कुनिएकि थियौ । केहि हेराइ, केहि वातावरण विचारको कुरो थियो, म तिमीसँग पुगि हाले । बाँकि कुरो तिमीलाई थाहै छ । कुरा केहि छल्किए, कहिले तिमीले कहिले मैले । बढो रमाईलो भयो । बाघपटुका मेरो कलाकारिता थियो, म तिमीलाई बाँध्दै गए ।


हो त्यहि दिन, मलाई केहि हुन थाल्यो । मनमा एउटा हलुका काउकुति लाग्न थाल्यो । म अनेक शिकार गरेको मान्छे, तिमीलाई ताक्दा मलाई अर्कै ढुकढुक भयो तर अनुभवले त्यसलाई पन्छायो । म तिमी तिर लम्किए । एकतर्फी बाटो काट्न गाह्रो । तिमी सजिली थियौ, बेर लागेन । भेट बढ्न थाले, म नजाने ‘पार्टी’ पनि जान थाले । समय बगिरह्यो, मलाई रंङ्गिन बनाउन खरो भइरह्यो ।


अनि एक दिन, तिमी विबाहित भएको कुरो थाह भयो । एकैछिनलाई बिचार थामियो । तर म अनेक स्त्री भोगि हिडेको मान्छे, तिमी पहिलो बिवाहित आइमाई थिइनौ । कलाकारिता एकोहोरो हुन्छ । तिमी शुरु गर्छौ, बिचमा छोड्न अफ्ठायारो हुन्छ । जानी जानी पनि तुह्याउन सकिदैन । श्रृजना कलाकारको आडम्बर हो । जस्तो होस, सजिलै त्याग्न सक्दैनन् ।  मेरो कलाकारिता नारी भोगमा थियो । म पर्न लागेको दाउ त्यसै कहाँ छोड्थे र ।


मौका आयो, दिन आयो । शुक्रबारको रात थियो । पार्टी सकियो, तिमीले घर पुर्याउन भन्यौ । म त्यहि मौका खोजेर बसेको । बातहरु बत्तिन थाले । हलुका नशा तिमीलाई पनि थियो, मलाई पनि । प्रसंङ्गहरु उत्ताउला बने। म मनमनै सचेत खुशी थिए । एउटा अर्को विजय हुँदै थियो । म तिम्रैमा बस्ने भए । के चाहियो, मैले मेरा दाउ फाले । तिमीलाई सबै दाउ लाग्दै गए । हात बाट शुरु भयो । नारीका हात नरम नै हुन्छन् । लोग्नेमान्छेका साह्रा । सबैले जानेकै कुरा हो । हामी फेरि जान्दै थियौ । तिमीले यौवनको फुकायौ, मैले तिमीलाई बिस्तारै बाँधे ।


बिहान भयो, म बिदा हुने सुरमा थिंए । निकै अनुभवले सिकाएको थियो, रात बेश्यै सँग बिताए पनि हँसिलो मुखले बिदा हुन । तिमीले चियाको प्रस्ताव राख्यौ, मलाई नौलो आग्रह थियो  ।


जितले खुसी दिन्छ, म खुसी थिए । कहिले काँहि आक्कल झुक्कलको हाम्रो सम्बन्ध नियमित नै हुन थाल्यो । तिमी सजिली हुँदै गयौ । हो, ठिक त्यहि सजिलोपन बाट म छुट्टीन थाले, तिमी सँग, तिम्रो सम्बन्ध सँग, म आफै सँग ।

क्रमश:

meaninglessthinkings@somewhereondearth
Read Full Discussion Thread for this article