Posted by: Rahuldai February 23, 2013
चटामरी बनाउन जान्ने कोहि हुनु हुन्छ ?
Login in to Rate this Post:     0       ?        
 तारेमाम, 
 
त्यसो त म चतामरी  को एक्स्पर्ट हैन. तर घर परिवारमा बनाउने भएकोले देखेको छु चतामारी बनाएको . माथि विश्व कल्ले चलायो केटी जी ले राख्नु भएको रेसिपी संग बिमति राख्छु . 
१. चामल को पिठोलाई अलिकति घिउ वा बटर ( अन्सालटेड) र मनतातो पानीमा पेस्ट बनाउने, पेस्ट बाक्लो पनि हैन पानी जस्तो पातलो पनि हैन . 
२. तातेको तावा ( पान भन्छन क्या रे) मा यति मात्रमा हाल्ने को त्यसको फैलावट आफ्नो साइज को होस् र पातलो पनि . डोसा भन्दा बाक्लो, तर धेरै हैन . 
३. चतामरी भन्दा चतामरी मा राख्ने टपिंग को महत्व हुन्छ . चिकेन किमा, अण्डा र गेडागुडी को मिश्रणलाई मसला सहित त्यो पिठोको झोललाई पान मा फ़लाउना साथ् राख्नु पर्छ र टपिंग लाई नि फलाउने . 
४. पान लाई हावा मन्द आगो मा ढक्कन लगाई पकाउने . 
५. टपिंगमा भएको मासु र अण्डा मजाले पाके पछि चतामरी तयार . 
 
लौ मित्र चतामरी खाएर छुट्टी मनाउनुस . 
Read Full Discussion Thread for this article